शनिबार, साउन १६, २०८३ | August 1, 2026

माल्टामा तीज मिलन कार्यक्रम हुने

माल्टामा तीज मिलन कार्यक्रम हुने

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 565
    Views
माल्टामा तीज मिलन कार्यक्रम हुने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।  गैर आवसीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् माल्टाले नेपाली नारीको महान् पर्व हरितालिका (तीज) को अवसरमा यहि सेप्टेम्बर १६ तारिख शनिवारका दिन तीज मिलन, दर खाने कार्यक्रम तथा अतिथि सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । समारोहमा माल्टाबासी नेपाली आमाबुवा ,दाजुभाइ, दिदिबहिनी विभिन्न संघ सस्थाका प्रतिनिधि ,बुद्धिजिवी ,व्यवसायी लगायत सबैलाई आयोजक संस्थाले अनुरोध गरेको छ ।साँझ छ बजेदेखि १० बजेसम्म सञ्चालन हुने समारोहमा महिलाको लागि प्रवेश निःशुल्क राखिएको छ भने पुरुषको लागि युरो छ मात्र लाग्नेछ । कार्यक्रमको स्थान छिटै सार्वजनिक गरिने अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha