शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

मेचीमहाकाली बुहारी संयुक्त आवाजले वार्षिकोत्सवसँगै भव्य रुपमा तीज मनाउने

मेचीमहाकाली बुहारी संयुक्त आवाजले वार्षिकोत्सवसँगै भव्य रुपमा तीज मनाउने

  • Naveen Sanchar

  • सोमवार, भदौ १८, २०८०

  • 1.8K
    Views
मेचीमहाकाली बुहारी संयुक्त आवाजले वार्षिकोत्सवसँगै भव्य रुपमा तीज मनाउने

काठमाडौँ । मेचीमहाकाली बुहारी संयुक्त आवाजले नेपाली नारीको महान पर्व हरितालिका (तीज) भव्यरुपमा मनाउने भएको छ । संस्थाको झापा कार्यसमितिको आयोजनामा नारी हकहित,सशक्तीकरण तथा मौलिक संस्कृति संरक्षण गर्न तीज गीत, नृत्य र दर खाने कार्यक्रम आयोजना गर्ने भएको हो । तीज विशेष कार्यक्रमसँगै संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा सञ्चालन हुनेछ । झापाको दमक पूर्व पुल पारीस्थित होटल भ्यू रिसोर्टमा भाद्र १९ गते बिहान ११ बजे सुरु हुने कार्यक्रममा सहभागी भइदिन प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा आजीवन सदस्य लगायत संस्थालाइ माया गर्ने सम्पूर्ण महानुभावलाई उपस्थिति भइदिन संस्थाले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha