बिहिबार, बैशाख १०, २०८३ | April 23, 2026

सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टल क्लिनिकमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टल क्लिनिकमा छुट

  • Naveen Sanchar

  • बुधबार, भदौ ६, २०८०

  • 237
    Views
सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टल  क्लिनिकमा  छुट

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।एक समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक ग्राहकलाई उक्त डेन्टल क्लिनिकले छुट दिने भएको हो । उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha