बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

नेफिन साउदीको पाचौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

नेफिन साउदीको पाचौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

  • Naveen Sanchar

  • आइतवार, साउन २८, २०८०

  • 221
    Views
नेफिन साउदीको पाचौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको आगामी अगस्ट १८, शुक्रबारका दिन आयोजना हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको महासंघले जनाएको छ । सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस –२०२३’ का साथै राष्ट्रिय महाधिवेशन विविध सांस्कृतिक कार्यक्रमका बीच सम्पन्न हुने नेफिनले जानकारी दिएको छ ।
उक्त कार्यक्रमको अन्तिम तयारीको लागि नेफिन साउदी अरबका सम्पुर्ण पदाधिकारी सम्मिलित छलफल कार्यक्रम समेत सम्पन्न भइसकेको छ । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहयोगका लागि नेफिनले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha