शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएनए कतारमा नयाँ नेतृत्व

एनआरएनए कतारमा नयाँ नेतृत्व

  • Naveen Sanchar

  • सोमवार, साउन १५, २०८०

  • 268
    Views
एनआरएनए कतारमा नयाँ नेतृत्व

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा रमेश भट्ट, आईसीसी सदस्य श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेम बहादुर चलाउने र विक्रम कार्की चयन हुनुभएको छ ।अनलाइन भोटिङमार्फत सम्पन्न निर्वाचनबाट कृष्ण पन्थी, केशवराज कार्की, सन्दीप कुमार भट्टराई र नानु घले ब्लोन उपाध्यक्षमा निर्वाचित हुनुभएको एनआरएनए कतारले जनाएको छ ।

यसैगरी युवा संयोजकमा सुवास बहादुर थापा, महासचिवमा रविन मगर, सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी निर्वाचित हुनुभएको छ। ।

यस्तै कोषाध्यक्षमा बुद्धबहादुर पाण्डे र सहकोषाध्यक्षमा झविन्द्र आचार्य निर्वाचित हुँदा महिला संयोजकमा सुष्मा खतिवडा कटवाल निर्वाचित भएका छन् । यस्तै अर्का युवा संयोजकमा मेहेन्द्र सिंह तामाङ चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा इनुस मोसिन, इसिलाल पण्डित, झविन्द्र प्रसाद बेलबासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टङ्क बहादुर बिक, परमानन्द भट्ट, प्रेमकुमार बस्नेत, विनोद राना मगर, विष्णु सापकोटा, मो. अजाद मन्सुर, मो कौसर सब्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, रवीन कर्माचालर्य, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदीप पाठक र श्याम प्रसाद पौड्याल निर्वाचित भएको संस्थाले जनाएको छ ।लेखा समिति संयोजकमा कवीन्द्र कँडेल तथा सदस्यमा गिरीराज दुवाडी र विकास लामा निर्वाचित भएको बताइएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha