बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

सिटिजन्स बैंकका ग्राहकले क्याफेमा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले क्याफेमा छुट पाउने

  • Naveen Sanchar

  • शुक्रबार, साउन १२, २०८०

  • 161
    Views
सिटिजन्स बैंकका ग्राहकले क्याफेमा छुट पाउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टङ्गाल, काठमाडौंस्थित अप्रिकस क्याफे तथा ठमेल, काठमाडौं स्थित ठमेल मोमोतारु रेस्टुरेन्टबीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहकले अप्रिकस क्याफेमा ५ प्रतिशत र मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेट मा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुको साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha