बिहिबार, भदौ २५, २०८३ | September 10, 2026

कविता: गीताको प्रकाश

कविता: गीताको प्रकाश

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १९, २०८२

  • 140
    Views
कविता: गीताको प्रकाश

-तोमनाथ उप्रेती

कुरुक्षेत्रको रणभूमिमा
अर्जुनको मन भैरह्यो दुविधामा।
श्रीकृष्णको वाणी गुञ्जियो
जीवनका रहस्य खुल्ला भयो सधैंमा।

कर्मयोगले सिकायो हामीलाई
फलको आशा नराख, मात्र गर कर्म।
ज्ञानयोगले बुझायो सत्य आत्मालाई
अमर, शाश्वत, अजन्मा, शुद्ध स्वरूप।

भक्तियोगले दिल समर्पण गरायो
ईश्वरमा मन जोड, मोह त्याग।
तीनै योगको संगमले बनाउँछ
मानवलाई पथप्रदर्शक, सुखी र जागृत।

आजको आधुनिक जीवनमा
जब अधीरता र प्रतिस्पर्धा बढ्छ
गीताको सन्देश सुन्
आफ्नो कर्ममा शान्ति र प्रकाश फैल।

निश्काम भावले गर्‍यो कर्म
अहंकार, लोभ र ईर्ष्या हरायो।
जीवनको प्रत्येक पाटोमा
गीताको ज्योति झैँ उज्यालो छायो।

शान्ति, धैर्य, साहस र सन्तुलन
यी नै गीताको अमूल्य वरदान।
जसले पालन गर्‍यो जीवनभर
उक्त व्यक्तिको जीवन हुन्छ उज्वलमान।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha