नवीनसञ्चार सम्वाददाता
काठमाडौं — नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ ।
अभियानको शुभारम्भमा माइतीघरबाट सुरु भएको र्यालीमा राष्ट्रिय महिला आयोग, नेपाल प्रहरी, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । र्याली भृकुटीमण्डपमा पुगेर समापन भएको थिय।
समापन कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले हिंसा अन्त्यका लागि सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने नाराका साथ अभियान मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।