बिहिबार, भदौ ११, २०८३ | August 27, 2026

सकारात्मक सोच उज्ज्वल भविष्यको प्रतीक हो

सकारात्मक सोच उज्ज्वल भविष्यको प्रतीक हो

  • Naveen Sanchar

  • मङ्लबार, मंसिर २४, २०८२

  • 254
    Views
सकारात्मक सोच उज्ज्वल भविष्यको प्रतीक हो
— गजल —
-अलि महम्मद मिया
गोर्खा
(हाल इजरायल )
दिलमा उज्यालो बोकेर हिँड, यही नै संगीत हो,
सकारात्मक सोच नै त उज्ज्वल भविष्यको प्रतीक हो।
बादलले छेक्दा पनि मन नडराउ, आँट गर,
आशाको दियो निभ्दैन, भरोसाको मन नै दीपक हो।
घाउ–खटिरा सबै मार्गका कथा हुन् साथी,
जे भयो सहिदेऊ, हरेक पीडामा पनि शिक्षा गहिरो छ।
भ्रमको जंगलमा हराउन सक्छ मन कहिलेकाहीँ,
तर आत्मविश्वास उठे पछि—हरेक अँध्यारो अलिक छ।
सपनालाई चुमेर अघि बढ, डरका पखेटा नछुने,
विश्वास र धैर्यको बाटो हिँड्नेको भाग्य सधैं तनिक हो।
त्यहाँनै बन्छ जीवन उज्यालो, जहाँ मन मुस्कान हुन्छ,
सकारात्मक सोच राखिदेऊ—जीवन आफैँमा अनुपम कविता छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha