मङ्लबार, असार ३, २०८२ | June 17, 2025

एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको छैटौं अधिवेशन तथा श्रमिक सचेतना कार्यक्रमा सम्पन

एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको छैटौं अधिवेशन तथा श्रमिक सचेतना कार्यक्रमा सम्पन

  • Naveen Sanchar

  • बिहिबार, जेष्ठ २३, २०८२

  • 99
    Views
एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमको छैटौं अधिवेशन तथा श्रमिक सचेतना कार्यक्रमा सम्पन

देवी बहादुर सुतार कार्की साउदी अरब

३० मई २०२५ का दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब मातहतमा रहेको क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो छैटौं अधिवेशन तथा श्रमिक सचेतमा कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । २३-२५ कार्यकालका लागी निर्वाचित अध्यक्ष कृष्ण अधिकारीको   अध्यक्षतामा २०२५-२०२७ कार्यकालका लागि आयोजित छैटौ अधिबेशनबाट १३ सदस्यीय नव निर्वाचित समितिको चयन गरेको छ।
छैटौं अधिवेशन द्वारा तत्कालिन उपाध्यक्ष बिनोद खड्का अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएको छ भने, उपाध्यक्षमा बिर बहादुर तामाङ, सचीवमा दोस्रो कार्यकालको लागी सिद्धिलाल श्रेष्ठ , सह-सचिबमा कृष्ण लोहनी कोषाध्यक्षमा दोस्रो कार्यकालको लागी चिरञ्जीवी अर्याल, सह कोषाध्यक्षमा अली उर्सिन मिया, युवा संयोजकमा मोहन जंग क्षेत्री, सदस्यहरुमा क्रमसः धन कुमार आचार्य, जीबन तामाङ, राकेश राज ठाकुर, किरन मोक्तान , गुरु भट्टराई चयन हुनु भएका छन् ।
छैटौं अधिबेशन बुरैदा सेन्टरमा रहेको ब्याबसायीक इस्त्राहमा भौतिक उपस्थित भएर संचालन गरिएको कार्यक्रमका प्रमुख आतिथीमा नेपाली राजदूतावास रियादका प्रथम सचिब टोप नारायण गिरी , बिशिस्ट अतिथिहरुमा, एनआरएनए-एनसिसी अध्यक्ष रविना अर्याल , आइसिसी मध्य पुर्व संयोजक राजेन्द्र (जोन) अर्याल , एनआरएनए-एनसिसी, साउदी अरबका सस्थापक, साथै पुर्व मध्यपुर्ब सम्मयोजक राजु सैयद , आइसीसी सदस्यहरु बिसाल कुमार श्रेष्ठ, राम बहादु क्षेत्री रहनु भएको थियो भने अतिथिहरुमा, एनआरएनए- एनसिसीका केन्द्रिय उपाध्यक्षहरु मनिष कोइराला , हेम सुवेदी , आरसीसी रियादका अध्यक्ष महेश घिमिरे , प्रवासी नेपाली मञ्च साउदी अरबका अध्यक्ष अमर श्रेष्ठ, झापाली समाजका मध्यपूर्व संयोजक राजेन्द्र थापा, झापाली समाजका अध्यक्ष रविन गिरी, मोरङसुनसरी सेवा समाजका अध्यक्ष दिपक थापा, पारिवारिक समाज साउदी अरबका अध्यक्ष जितेन्द्र थपलिया, पानसका महा- सचिव नविन मुडवरी अन्नपुर्ण पोष्टका सम्पादक बिष्णु घिमिरे, NA मिडीयाबाट प्रधुन्न तिमसिना लगायत बिभिन्न संस्था प्रतिनिधीहरुको बाक्लो उपस्थितीमा बिच यस कार्यक्रम आयोजना गरिएको थियो ।

अध्यक्ष कृष्ण अधिकारीको सभापतित्वमा सचिब सिद्धि लाल श्रेष्ठ तथा सह-सचिब बिर बहादुर तामाङद्वारा संचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष बिनोद खड्का ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियो ।राष्ट्रिय गानको धुन सँगै संचालित कार्यक्रम अधिबेशन ब्यानर खोलेर उद्द्घाटन गरिएको थियो ।
दुई चरणमा समापन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा आसन ग्रहण देखि २०२३-२०२५ कार्यकालको कार्य प्रगति प्रतिवेदन सचीव सिद्धि लाल श्रेष्ठ र आर्थिक प्रतिवेदन सह-सचिब बिर बहादुर तामाङले प्रस्तुत गरेपछि अध्यक्ष अधिकारीले २०२३-२०२५ कार्यसमिती विघटन गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए ।
दोस्रो चरणको कार्यक्रम एनसिसी केन्द्रिय सचिव धुर्व कटुवाल द्वारा संचालित बन्द सत्र बाट सुरु भएको र निर्वाचन समितीका संयोजक मनिष कोइराला द्वारा २०२५-२०२७ कार्यकालका निर्विरोध निर्वाचित कार्यसमिति नाम पढेर सुनाउनु भएको थियो। एनसीसी साउदी अरबका अध्यक्ष रविना अर्याल ज्युले नव नियुक्त पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ठ अतिथी द्धारा नव नियुक्त पदाधिकारीहरुलाई नियुक्तीको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो।
उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथिहरु तथा अतिथिहरुले दिएको शुभकामना मन्तव्यमा अल कासिम क्षेत्रीय समितीले गरेका अनगिन्ती सामाजिक सेवा प्रति सबै अभारी रहेको र अन्य क्षेत्र भन्दा अगाडी रहेर श्रमिकहरुका समस्या समाधानमा ठुलो योगदान दिन सफल भएकोले २०२३-२०२५ कार्यकालका समितीलाई धन्यवाद दिदै नयाँ कार्यसमिति लाई अझ अगाडी बढ्न हौसला दिनु भयो ।

अन्त्यमा कार्यक्रम समापन गर्दै अध्यक्ष अधिकारीले सबै उपस्तिथित अतिथि ज्यु हरुलाइ, सहयोगी मनहरुलाइ, पत्रकार मिडियाहरुलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रमका केही तस्बिरहरु


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha