बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

झापाली समाज, इजरायलको छैठौं अधिवेशन सम्पन्न

झापाली समाज, इजरायलको छैठौं अधिवेशन सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 38
    Views
झापाली समाज, इजरायलको छैठौं अधिवेशन सम्पन्न

देवीबहादुर कार्की, नवीनसञ्चार
इजरायल । झापाली समाज, इजरायलको छैठौं अधिवेशन १४ फेब्रुअरी २०२५, तेल अविवमा सम्पन्न भयो। दुर्गाप्रसाद चापागाईको सभापतित्वमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, विशिष्ट अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गाना , त्यस्तैगरी अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष दीपकप्रसाद ओली हुनुहुन्थ्यो।
विशेष अतिथिमा अन्तर्राष्ट्रिय झापाली समाजका पूर्व महासचिव निर्वाचन संयोजक खेमराज जमरकटेल,अन्तर्राष्ट्रिय झापाली समाजका सह कोषाध्यक्ष रमा बुढाथोकी, गैरावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलबाट महासचिव अलि मोहम्मद मिया, निवर्तमान अध्यक्ष गणेश गिरी, नेपाल आदिवासी जनजाति महासंघ इजरायलका वरिष्ठ उपाध्यक्ष मन मास्की राना, नेपाली जनसम्पर्क समिति इजरायलका महामन्त्री माया खनाल, प्रवासी नेपाली मञ्च इजरायलका उपसचिव सेविका आले, सचिव रमेश जोशी, गैर आवासीय नेपाली संघ आइसिसी सदस्य विशाल ज्ञवाली लगायत इजरायलमा क्रियाशील संघसंस्थाका प्रतिनिधि र झापाली दाजुभाई दिदीबहिनीको उपस्थितिमा सुसम्पन्न भएको थियो।


उक्त कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष दुर्गाप्रसाद चापागाईले प्रमुख अतिथि विशिष्ट अतिथि ज्यूहरूलाई दोसल्लासहित मायाको चिनो प्रदान गर्नुभएको थियो। साथै निर्वाचन संयोजक र सल्लाहकार लाई सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो।झापाली समाज इजरायलको छैठौं अधिवेशनबाट सर्वसम्मत रुपमा ३५ सदस्य कार्यसमिति चयन भएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha