बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटना आयोगद्वारा अनुसन्धान शुरू

बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटना आयोगद्वारा अनुसन्धान शुरू

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन ६, २०८१

  • 22
    Views
बालमन्दिरको जग्गा हिनामिना गरेको भनिएको घटना आयोगद्वारा अनुसन्धान शुरू

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ ।
नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रिता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निज उपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेको भनी विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको छ । आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको आयोगले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha