२० असार, काठमाडौं । बढ्दो जनसंख्या र सहरिकरणसंगै राजधानी उपत्यकामा खुला स्थानको अभाव खट्किंदै गएका बेला कीर्तिपुरमा भने खुला स्थानको संरक्षण व्यवस्थापनमा स्थानीय उपभोक्ता सक्रिय छन् ।
आज असार २० गते शनिवार बिहान कीर्तिपुर २ वडाको गःसि क्षेत्रको खुला स्थान चौर संरक्षणमा स्थानीय जुटेका छन् । चौरको सरसफाई तथा व्यवस्थापनसंगै बृक्षरोपण गरि नगरपालिका र वडा कार्यालयसंगको सहयोग र समन्वयमा खुला स्थान बचाउने कार्यमा स्थानीय उपभोक्ताको चासो बढाएका हुन् । पोखरी र खेलमैदान र खाली स्थानमा असारे बिरुवा रोपिएको गःसि उपभोक्ता टोल सुधार समितिका अध्यक्ष शंकर महर्जनले जानकारी दिनुभयो । स्थानीय उपभोक्ताको सक्रियतामा साप्ताहिकरुपमा सरसफाई कार्यक्रम आयोजनाको तयारी भैरहेको महर्जनले बताए ।