१९ असार, काठमाडौं । नेपाल सरकार ले त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका किशोर थापाले आज बिहिवार कार्यालयमा उपस्थित हुनुभई पदबहाली गर्नुभएको छ । उहॉसंगै आयोगको सदस्यमा नियुक्त प्रा. डा. रेजिना मास्केले पनि पद बहाल ग्रहण गर्नुभएको त्रिविले जनाएको छ । उहॉहरुलाई कार्यालयमा त्रिवि केन्दीय कार्यालय तथा आयोगका कर्मचारीहरुले स्वागत गरिएको थियो । नेपाल सरकारका पूर्वसचिवबाट सेवानिवृत्त हुनुभएका ईन्जिनीयर एवं सहरीविज्ञ थापा कीर्तिपुर ६ चोभार निवासि हुन् ।