आइतवार, असार १४, २०८३ | June 28, 2026

कीर्तिपुरको चिलंचो विहारमा बृक्षरोपण, हरियाली प्रबर्ध्दन अभियान जारी

कीर्तिपुरको चिलंचो विहारमा बृक्षरोपण, हरियाली प्रबर्ध्दन अभियान जारी

  • Naveen Sanchar

  • आइतवार, असार १४, २०८३

  • 58
    Views
कीर्तिपुरको चिलंचो विहारमा बृक्षरोपण, हरियाली प्रबर्ध्दन अभियान जारी

१४ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगर क्षेत्रका खुला, धार्मिक एवं सम्पदास्थल र सडक पेटीमा हरियाली प्रबर्ध्दन गरि पर्यावरणीय सुधारका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिंदै आएको छ ।
यसै सिलसिलामा आज १० वडा चिलंचो विहार क्षेत्रमा हरियाली प्रबर्ध्दन एवं पर्यावरणीय सुधारका लागि बृक्षरोपण गरिएको छ । वडा कार्यालयले विहारको मध्य तहको भू–भागमा राखिएको ढुंगा छपाईलाई विस्थापन गर्दै हरियाली प्रबर्ध्दनका लागि सुनौलो धुपि बिरुवा रोपण गरिएको जनाएको छ । नगर प्रमुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यतामा गरिएको बृक्षरोपण कार्यक्रममा उप–प्रमुख शुभलक्ष्मी शाक्य, डिएसपि शिव बुढाथोकी र वडाअध्यक्ष नरेश महर्जनलगायत स्थानीय समुदायको सक्रिय सहभागिता रहेको बताईएको छ । कार्यक्रमका बारेमा वडाअध्यक्ष नरेश महर्जनले भने, ‘कीर्तिपुरकै महत्वपूर्ण बौद्ध सम्पदास्थललाई सुन्दर,शान्त, हरियाली र आकर्षक बनाउन निरन्तर काम गरिरहेका छौं । यसले विहार क्षेत्रको सौन्दर्य र पर्यावरणमा सुधार आउने अपेक्षा राखेका छौं ।’ कार्यक्रम अन्य जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha