
नवीनसञ्चार रियाद साउदी अरव
देवी बहादुर कार्की
जुन २८ तारिख शुक्रबारका दिन साउदी अरेबियाको रियाद स्थित मलाजमा रहेको अलमास फेमीली रेष्टुरेन्टमा भएको मोरङसुनसरी सेवा समाज साउदी अरेबिया द्वारा प्रवर्दीत तथा स्थापित बित्तीय कोष मोसु उद्यमशिल बचत कोष साउदी अरेबिया MOSU ENTREPRENEURIAL SAVING FOUND SAUDI AREBIA ले आफ्नो दोश्रो साधारणसभा भेला सफलता पुर्वक सम्पन्न्न गरेको छ।
उक्त साधरणसभा बचत कोषका संयोजक गणेश पोखरेल ज्युको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि मोरङसुनसरी सेवा समाज साउदी अरेबियाका अध्यक्ष दिपक थापा र अतिथिहरु कुमार कार्की , हेम सुवेदी , सुजनशेर राई लगाएत बचत सदस्यहरु र मोसु साउदीका कार्यसमिति , सल्लाहकार समिति , उपसमिति लगाएत अन्य आमन्त्रित महानुभावहरुको उपस्थित रहेको थियो।
उक्त कार्यक्रम मोसु साउदीका सचिब देवेन्द्र विश्वकर्माले सन्चालन गर्नुभएको थियो। भने कार्यक्रम लाई बचत कोषका सदस्यसचिब खेमराज कार्कीले स्वागत गर्नुभएको थियो।बचत कोषको रिपोर्टको जानकारी हेम सुवेदीले गरे संगै बचत कोषको उदेश्य र दृस्ठिकोणको बारेमा रोशन कुमार श्रेष्ठ जानकारी गराउनु भएको थियो। उक्त कार्यक्रममा कुमार कार्कीले विशेष सम्बोधन स्वरुप बचत कोष र मोसु साउदीलाई सयुक्त रुपमा मोसु सेवा समाजको स्थापना , उदेश्य , परिणामको बारेमा बिगत , बर्तमान र भबिस्यलाई जोडेर सामाजिक सेवा र उद्यमशिलतालाई विषयवस्तु बनाएर संक्षेपमा ब्यक्तिगत र संस्थागत धारणा ब्यक्त गर्नुभएको थियो।उपस्थित अन्य महानुभावहरुले बचत कोष समन्धित उद्यमशिलता बिकासलाई बिषयवस्तु बनाई आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
उक्त भेलामा मोरङसुनसरी सेवा समाज साउदी अरेबिया र मोसु उद्यमशिल बचत कोष साउदी अरेबियाले सयुक्त रुपमा मोरङ र सुनसरी जिल्लाबाट साउदी अरेबियालाई कर्मथलो बनाई रहेका नेपाली दिदीबहिनी र दाजुभाईहरुलाई एक्यवद्धता गर्दै साउदी अरेबियामा मोरङसुनसरी सेवा समाज को स्थापना र मोसु उद्यमशिल बचत कोषको स्थापना गर्न वैचारिक,आर्थिक,नैतिक,सामाजिक लगाएत सम्पुर्ण रुपमा महान योगदान गर्नुभएका मोरङसुनसरी सेवा समाज नेपालका सल्लाहकार तथा मोसु प्रवास शाखा समन्वय संयोजक आदरणीय कुमार कार्कीलाई “उच्च सम्मान” गरिएको थियो।
अन्त्यमा कार्यक्रमको सभापतित्व गर्नुभएका मोसु उद्यमशिल बचत कोष साउदी अरेबियाका संयोजक गणेश पोखरेलले दोश्रो साधरणसभाको निष्कर्ष सहित “खर्च गरेर बचेको रकम होईन खर्च कटाएर बचत गरौं” भन्ने अवधारणा सहित कार्यक्रम समापन भएको थियो ।
नव गठित संचालक समिति
संयोजक : गणेश पोखरेल
सदस्यसचीव : खेमराज कार्की
सदस्य : रोशन कुमार श्रेष्ठ
सदस्य : अरुण केसी
लेखा तथा ऋणलगानी समिती
संयोजक : हेम सुवेदी
सदस्य : दिपक थापा
सदस्य : राज चेम्जोङ लिम्बु