
नवीन सञ्चार साउदी अरव
इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फितर को पावन अवसरमा ईस्लामिक दावा सेन्टर जेद्दाको नेपाली बिभाग द्वारा गत १० अप्रिल बुधबार इदको दिनमा आयोजित इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दावा सेन्टर नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँ को सभापतित्वमा रमजान दिनमियाँद्वारा संचालित उक्त कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्राराज काफ्ले प्रमुख अतिथिमा, एनआरएनए साउदिका सल्लाहकार वरिष्ठ समाजसेवी भिम गुरुङ बिशिस्ट अतिथिमा, र अतिथिहरुमा आरसिसी जेद्दाका सल्लाहकार रामराधा घिमिरे, नेपाली युवा क्लब जेद्दाका अध्यक्ष राम थापा लगायत हुनुहुन्थ्यो ।
पवित्र महिना रमदानको एक महिनाको बर्ता सकिए लगत्तै मानिने यो इदमा एक आपसमा शुभकामना आदानप्रदान गर्ने, एक आपसमा खुशी साटासाट गर्नुका साथै आत्मियता बढाउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजित गरिएको थियो।
कार्यक्रममा उपस्थित रहेका अधिकांश दाजुभाइहरुले आ आफ्नो छोटो परिचयका साथमा इदको शुभकामना दिएका थिए ।
मन्चमा आसिन अतिथिहरु, बिशिस्ट अतिथि, तथा प्रमुख अतिथि द्वारा कार्यक्रममा निमन्त्रणा दिएर यो कार्यक्रम गर्नु भएकोमा आयोजक टिम मन्जुर अलि मियाँलाइ धन्यवाद दिदै उपस्थित सबैलाइ इदको शुभकामना दिएका थिए भने यस्ता कार्यक्रमले एक आपसमा आत्मीयता बढाउने व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ इदको खुशीमा मिठाइ, तथा जुस ले स्वागत गरिएको थियो भने अन्त्यमा सबैलाइ इदको खाना खुवाएर पठाइएको थियो।