शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

सांसद चेनद्वारा नेपाली समाजको सम्मान तथा कदर!

सांसद चेनद्वारा नेपाली समाजको सम्मान तथा कदर!

  • Naveen Sanchar

  • सोमवार, चैत्र १२, २०८०

  • 312
    Views
सांसद चेनद्वारा नेपाली समाजको सम्मान तथा कदर!

नविन प्रभात क्यानाडा मार्च
क्यानडाको मेनिटोबा राज्यको विन्निपेगमा गत साता बसेको विधान सभाको बैठकमा सांसद जेनिफर चेनले नेपाली सांस्कृतिक समाज मेनिटोबालाई परिचित गराउनु भएको छ । नेपाली सांस्कृतिक समाज मेनिटोबाले, मेनिटोबामा आफ्नो समाजमा पुर्याएको योगदानको कदर गर्दै उक्त सभामा सम्मान प्रकट गर्नु भएको थियो। उहाँले विभिन्न पार्टीका सांसद, मन्त्री तथा मेनिटोबाका प्रिमियर वेब केनेउ सहितको उपस्थिति रहेको सभामा, सम्मान प्रकट गर्नु भएको थियो । सांसद चेनले बोल्दै, आफूले विगत १० वर्ष देखि दक्षिण विन्निपेगमा नेपाली समुदायसँग नजिक बस्ने, साथमा काम गर्ने र वकालत गर्ने सु -अवसर पाएको बताउनु भयो । उहाँले थप वक्तव्य राख्दै, नेपाली समाजले सांस्कृतिक कार्यक्रम, युवा विकाश, महिला संलग्नता कार्यक्रम, नेपाली ज्येष्ठ नागरिकहरूका लागि र सांस्कृतिक महत्वका परम्परागत तथा राष्ट्रिय खेलहरू सहितका कामहरू गर्दै आएको सभालाई सूचित गराउनु भयो । नेपाली समाजका सदस्यहरूले हाम्रो समाजमा हरेक दिन ठूलो योगदान पुर्याउनुको साथै विभिन्न सरकारी सेवाहरू, गैर नाफामुखी छेत्र र धेरैले व्यवसायमा रहेर समाजमा सेवा पुर्याएको जानकारी समेत सांसद चेनले गराउनु भयो । उहाँले नेपाली समाज तुलनात्मक रूपमा सानो भए पनि यो समाज फस्टाउँदै गएको प्रति खुसी प्रकट गर्दै, आफू नेपाली समाज प्रति धन्य रहेको महसुस भएको भन्दै, आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ को शुभकामना दिनु भयो ।जेनिफर चेन निउ डेमोक्रेटिक पार्टी NDP बाट गत वर्ष भएको प्रान्तीय निर्वाचनमा फोर्ट रिचमोण्डबाट निर्वाचित सांसद हुनुहुन्छ । उक्त सभामा नेपाली सांस्कृतिक समाज मेनिटोबाका वर्तमान प्रतिनिधि ,पूर्व प्रतिनिधि तथा समाजका विभिन्न तप्काका १२ जना नेपाली भाषीको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha