बिहिबार, बैशाख १०, २०८३ | April 23, 2026

नेपाली महिला फुटबल टिमलाई महावाणिज्यदूतावास जेद्दाद्वारा स्वागत

नेपाली महिला फुटबल टिमलाई महावाणिज्यदूतावास जेद्दाद्वारा स्वागत

  • Naveen Sanchar

  • सोमवार, फाल्गुन १४, २०८०

  • 342
    Views
नेपाली महिला फुटबल टिमलाई महावाणिज्यदूतावास जेद्दाद्वारा स्वागत

देवी बहादुर कार्की, साउदी अरब

WAFF 2024 Women’s Championship फुटवल प्रतियोगितामा भाग लिन साउदी अरबको जेद्दा आउनुभएका नेपाली महिला फुटबल खेलाडी, प्रशिक्षक तथा अफिसियलको टोलीलाई सोमबार नेपाली महावाणिज्यदूतावास, जेद्दामा कार्यवाहक महावाणिज्यदूत शत्रुघन पोखरेल साथै महाबाणिज्यदूतावास जेद्दा परिवार द्वारा स्वागत गरिएको थियो ।समस्त नियोग परिवार द्वारा दिवा भोज सहित को स्वागत सम्मान कार्यक्रम को आयोजना गरिएको थियो ।


सो अवसरमा जेद्दा तथा आसपासका नेपाली संस्थाका प्रतिनिधिहरू एवम् अन्य नेपाली समुदायहरुको उपस्थिति रहेको थियो । कार्यावाहक महावाणिज्यदूत र उपस्थित सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधिहरु तथा अन्य महानुभावहरुले नेपाली टोलीलाई हालसम्मको सफलताको लागि बधाई ज्ञापन गर्दै आगामी खेलहरूमा सफलताको शुभकामना दिनुभयो ।
नेपाली टोलीले फेब्रुअरी २७, २०२४ मा लेबनानविरुद्ध सेमी फाइनल खेल्दैछ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha