
रोशन अर्याल / नबिन संचार
दोहा कतार : गत शुक्रबारका दिन सनैयामा अबस्थित फुलबारी रेस्टुरेन्ट को सभाहलमा कतारमा स्थापित सामाजिक संस्था लमजुङ सेवा समाज कतारको पन्ध्रौँ अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष सिताराम थापाको अध्यक्षता तथा गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा खुला सत्र सम्पन्न भएको थियो । दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी एक कार्यकालका लागि विनोद प्रसाद बसौलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा विनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिव रवीन्द्र भण्डारी, सचिव प्रशान्त कुमार, कोषाध्यक्ष–राज श्रेष्ठ र सह–कोषाध्यक्ष रवीन्द्र घिमिरे सर्वसहमत चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा नारायण अधिकारी, वासुदेव पाण्डे, पवन थापा मगर, खुसी मिया र कुमारी गुरुङ निर्वाचित भएका छन् ।
लमजुङ जिल्ला भित्र रहेका गाउपालिका तथा नगर पालिकाहरु लाई समेट्दै संयोजकहरु चयन भएका छन्। बेसिशहर नगरपालिका संयोजकमा परशुराम थापा, मध्य नेपाल संयोजकमा जनक कार्की, राइनास नगरपालिका संयोजकमा देव बहादुर अधिकारी, दोर्दी गाउँपालिका संयोजकमा रामचन्द्र अधिकारी, क्ल्होसोथार गाउँपालिका संयोजकमा फगेन्द्र गुरुङ, मस्र्याङ्दी गाउँपालिका संयोजकमा टेक बहादुर गुरुङ, दूध पोखरी गाउँपालिका संयोजकमा कृष्ण गुरुङ चयन भएका हुन् ।
शुक्रबार सनैयामा अवस्थित फुलवारी रेस्टुरेन्टको सभा हलमा अधिवेशनमा कतारमा स्थापित विभिन्न वैचारिक, सामाजिक जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधि,बुद्धिजीवी,कलाकार पत्रकारहरूको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो । शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले लमजुङ समाज कतारमा नमुनाको रुपमा रहेको, सस्था गर्ने हरेक सामाजिक गतिबिधिहरु धेरै भिन्न र प्रभावकारी हुने गरेको बतायका थिए। गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्ला सस्था मध्ये यो जिल्ला निकै बलियो खम्बाको रूपमा रहेको बताए ।
कार्यक्रममा गाउ घरमा मेला पातमा खाजाको रुपमा खाईने गुन्द्रुक र भट्टमासको अचार ले गाउघर को झल्को मेटाएको थियो, पृथक कार्यक्रम आयोजना गर्दै सभाहल भित्र बिबिन्न पुस्तकहरु राखिएको थियो, दोहामा रहेका कलाकार हरु द्वारा नित्य तथा सांगीतिक मनोरंजन प्रदान गराएका थिए, सहभागीहरु लाई र्याफल मार्फत पुरस्कार प्रदान गरिएको थियो साथै सभा हल छोड्नु भन्दा पहिला सहभागीहरु लाई उपहार प्रदान गरिएको थियो। साहित्यमा बिशेष दख्खल राख्ने निवर्तमान अध्यक्ष सिताराम थापा लगायतका टिमलाई आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेको भन्दै बिदाइ ज्ञापन गरिएको थियो ।
गैरआवासिय नेपाली ताराका विजेता रुस्तम तामाङ र नृत्य विद्याकी विजेता निरु श्रेष्ठलाई सम्मान गरिएको थियो भने कुमारी गुरुङ, कमला गुरुङ, मगंल वि.क र पूर्व अध्यक्ष नवराज नखोलालाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो । समाजले आयोजना गरेका विभिन्न कार्यक्रममा विभिन्न तह र कोणबाट सहयोग गरेका विभिन्न संस्था, कलाकार तथा पत्रकारहरूलाई कृतज्ञता पत्रद्वारा सम्मान गरिएको थियो ।
समाजका प्रथम उपाध्यक्ष विनोद प्रसाद बसौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण तथा कार्य प्रगति प्रतिवेदन पेस महासचिव विनोद थापाले गरेका थिए । सभापति थापाले आफ्नो कार्यकालमा सानो बजेटले पनि उपलब्धि मुलक सामाजिक कार्यहरु सम्पादन गरेको बताए , आफ्नो कार्यकाल अबधिमा सम्पुर्ण संघ सस्थाहरु बाट पुर्ण सहयोग पाएको भन्दै आभार प्रकार गरेका थिए। पदीय कार्यकाल सकिएपनि सामाजिक सेवाको लगाव कहिले नघट्ने प्रतिबद्धता व्यक्त गर्दै खुला सत्रको समापन गरेका थिए ।