
देवी बहादुर कार्की, साउदी अरब
नेपाली दुताबास,साउदी अरबको आयोजनामा १७ फेब्रवरी २०२४ का दिन दुताबास प्रांगणमा रास्ट्रीय प्रजातन्त्र दिवस को उपलक्ष्यमा आयोजित कार्यक्रममा एनआरएनए टिम सम्मानित भएको छ।
नेपाली राजदुत महामहिम नवराज सुबेदी को सभापतित्व,बिशेष अतिथि नेपाल बिधुत प्राधिकरण का कार्यकारी निर्देशक कुलमान घिसिङ्ग,नेपाली महाबाणिज्यदुताबास जेद्धा का कार्यबाहक बाणिज्यदुत सत्रुघन पोखरेल,नियोग उपप्रमुख डा डमरुबल्लव पौडेल, लेबर काउन्सुलर देबेन्द्र कार्की लगायत दुताबास परिवार,एनआरएनए मध्यपुर्ब संयोजक राजेन्द्र अर्याल ,एनआरएनए कर्मी, राजनैतिक दलका भात्री संस्थाका प्रतिनिधि,सामाजिक संघ संस्थाका प्रतिनिधि,सामाजिक अभियन्ता,पत्रकारहरूको उपस्थिति रहेको थियो।
साउदी अरबमा एनआरएनए टिम ले बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा आएका समस्यामा परेका नेपाली दाजु भाई दिदि बहिनी हरुको उद्दार ,राहत ,उपचार र स्वदेश फिर्ती राहदानी तथा श्रमिक सचेतना ,घुम्ती शिबिर लगायतका कार्यक्रम संचालनमा गर्नु भएको साथै गत डिसेम्बर १०-१२ मा सम्पन्न रियाद सिजन लाई सफल बनाउन दिनु भएको योगदानको उच्च मुल्याकंन गर्दै टिमका आई सिसि सदस्यहरु, एनसीसी तथा आरसीसी प्रतिनिधिहरु ,क्षेत्रीय समितिहरु ,मध्यपुर्ब संयोजक लगायत सिग्गो एनआरएनए साउदी अरबको टिम लाई कदर पत्र बाट सम्मानित गरिएको थियो ।