सोमवार, भदौ २९, २०८३ | September 14, 2026

साउदी अरेबियामा सोनाम ल्होसार भव्यताका साथ मनाइयो

साउदी अरेबियामा सोनाम ल्होसार भव्यताका साथ मनाइयो

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ५, २०८०

  • 352
    Views
साउदी अरेबियामा सोनाम ल्होसार भव्यताका साथ मनाइयो

साउदी अरेबिया । साउदी अरेबियामा मञ्जुश्री संवत २८ ६० औं (डुकमुपुख्री) गरुड सोनाम ल्होसार तथा बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ प्रवास शाखाद्वारा १६ फरवरी २०२४ का शुक्रबारका दिन रियाद शहरको एक्जिट ९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको विशिष्ट आतिथ्य तथा नेपाली राजदुत नवराज सुवेदीको प्रमुख आतिथ्यमा समारोह आयोजना गरिएको थियो। कार्यक्रममा प्राधिकरणका निर्देशक कुलमान घिसिंगले विदेशमा बसेर रेमिट्यान्स पठाइ देशको आर्थिक भौतिक रुपमा सहयोग गरी नेपाल विकासलाई सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
राजदुत नवराज सुवेदीले साउदीमा रहेका नेपाली समुदायको हकहितको लागि दुतावास सदैव तत्पर रहेको र श्रमको उचित मुल्य नेपाली कामदारले पाउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha