मङ्लबार, चैत्र ४, २०८१ | March 18, 2025

इराकमा विद्युतीय राहदानी नवीकरण शिविर सम्पन्न

इराकमा विद्युतीय राहदानी नवीकरण शिविर सम्पन्न

  • Naveen Sanchar

  • सोमवार, माघ २९, २०८०

  • 83
    Views
इराकमा विद्युतीय राहदानी नवीकरण शिविर सम्पन्न

-मोहम्मद अली मिया
इराक । नेपाली राजदूतावास, कुवेतको आयोजनामा इराकमा पहिलोपटक माघ १९ देखि २४ (तदनुसार ०२ देखि ०७ फेब्रुअरी २०२४) सम्म इराकमा रहनुभएका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न भएको छ । उक्त शिविरमा इराकको अर्विल र सुलेमानिया क्षेत्रमा रहेका ५४८ जना सेवाग्राहीले विद्युत्तीय राहदानी नवीकरण सेवा लिनु भएको दूतावासले जनाएको छ । उक्त शिविरमा समस्यामा रहेका र नेपाल जान चाहने नेपाली नागरिकको लागि एकतर्फी यात्रा अनुमतिपत्र समेत निःशुल्क रुपमा जारी गरिएको थियो । शिविर सञ्चालनको निमित्त गैर आवासीय नेपाली संघ, इराकका पदाधिकारीले समन्वय गर्नुभएको थियो । उक्त शिविरमा नेपाली राजदूतावास कुवेतका प्रथम सचिव सुजन विडारी र तृतीय सचिव रेवन्त बहादुर केसीको सहभागिता रहेको थियो । इराकमा रहेका नेपाली सेवाग्राहीको राहदानी नवीकरणको सहजताको निमित्त सम्पर्क व्यक्तिको रुपमा विनोद श्रेष्ठले समन्वय गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha