मङ्लबार, चैत्र ११, २०८१ | March 25, 2025

जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम सम्पन्न

जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, माघ १९, २०८०

  • 89
    Views
जेद्दामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम सम्पन्न

नवीनसञ्चार साउदी अरब

महाबाणिज्य दूतावास जेद्दा तथा गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाको संयुक्त आयोजनामा श्रमिक सचेतना, स्वास्थ्य परिक्षण तथा राहदानी नविकरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
जेद्दा स्थित अल रवाबी क्षेत्रको इनिसियल कम्पनीमा एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डिपि अर्यालको सभापतित्वमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजकुमार गिरिद्वारा संचालित उक्त कार्यक्रमको प्रमुख अतिथिमा इनिसियल कम्पनीका मोहम्मद जिया , अतिथिहरुमा महाबाणिज्य दूतावासका प्रमुख शत्रुधन पोखरेल, ग्लोबल आइएमइ मध्यपुर्व सयोजक राम क्षेत्री, तथा इनिसियल कम्पनीका अन्य प्रतिनिधिहरु रहेका थिए ।
शुक्रबार करिब १२ बजे देखि सुरुवात गरिएको उक्त कार्यक्रममा करिब २४० जना नेपालीहरुको बाक्लो उपस्थिति रहेको र २१० जना नेपालीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । कार्यक्रममा ४६ जना नेपालीहरुले पासपोर्ट नविकरण सेवा लिएका थिए । ३५ जना नेपालीहरुले बैंकिङ सेवा लिनु भएको थियो ।
जेद्दा अबिर हस्पिटलका डाक्टर तथा नेपाली नर्स हरुद्वारा गरिएको स्वास्थ्य परिक्षण कार्यक्रममा ब्लड प्रेसर, ब्लड सुगर, क्लोस्टेरोल, युरिक एसिड, चेक गर्नुको साथै वरिष्ठ डाक्टरद्वारा परामर्श गरिएको थियो । डाक्टर तथा नर्सहरुद्वारा परिक्षण गरिएको स्वास्थ्य अवस्था बारे लेखी सेवाग्राहीलाई हेल्थ कार्ड प्रदान गरिएको थियो । पासपोर्ट नविकरणका लागि आवश्यक पर्ने अनलाइन फारम भर्न एनआरएन आरसिसि जेद्दाका पदाधिकारीहरुले सहयोग गरेका थिए ।
बाक्लो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थितिमा संचालित कार्यक्रममा महाबाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तम्रराज काफ्लेले श्रमिक सचेतना सम्बन्धि बिबिध बिषयमा तयार पारिएको स्लाइडहरु देखाउदैँ बिबिध श्रमिक समस्या तथा समाधानका सम्बन्धमा बृस्तित जानकारी दिनु भएको थियो । त्यसै गरि ग्लोबल आइएमइ मध्यपुर्व सयोजक राम क्षेत्रीले बैन्किङ्ग साक्षरता सम्बन्धि जानकारी दिनु भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि इनिसियल कम्पनीका प्रमुख मोहम्मद जियाबाट नेपालीहरुलाइ लक्षित गरि कार्यक्रम राखिएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमले आफ्ना कामदारलाई ठुलो टेवा पुगेको महसुस गर्दै आयोजक टिम महाबाणिज्य दूतावास जेद्दा तथा एनआरएनए आरसिसि जेद्दालाइ हार्दिक अभार गरिएको थियो । यस्तै गरि आयोजक टिमहरुको तर्फबाट कार्यक्रम आयोजना गर्नमा सहयोग गर्नु भएकोमा इनिसियल कम्पनी उपस्थित सम्पुर्ण दाजुभाइ दिदिबहिनीलाई महाबाणिज्य दूतावास जेद्दाका प्रमुख शत्रुधन पोखरेलले हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha