सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

जुबेलमा नवीकृत राहदानी वितरण सेवा सम्पन्न

जुबेलमा नवीकृत राहदानी वितरण सेवा सम्पन्न

  • Naveen Sanchar

  • शनिबार, माघ १३, २०८०

  • 164
    Views
जुबेलमा नवीकृत राहदानी वितरण सेवा सम्पन्न

नवीनसञ्चार साउदी अरब

साउदी अरबको पूर्वीय प्रान्तको शहर जुबेलमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १३०० जनाको राहदानी बितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर सहयोग गर्नुहुने नेपाली दूतावास रियादका महामहिम राजदुत नवराज सुवेदी , नियोग उपप्रमुख श्रीमान डा.डमरूवल्लभ पौडेल , पूर्वी प्रान्त दम्माममा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी नारायण पासवान लगायत सम्पूर्ण दुताबास परिवार र यस कार्यमा स्वयंसेवकको रूपमा सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्नु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष रबिना अर्याल ,महासचिव शुक्र मोक्तान , सदस्य काशिन्द्र पासमान , पदम महत , नेपाली जन प्रगतिशील मंच साउदी अरबका कार्यवाहक अध्यक्ष रामचन्द्र वाग्ले , शिब बिक , बिक्रम श्रीपाली , प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुवेर हुमागाईँ , सदस्य दिपेन्द्र खड्का , प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका सचिव हरि थापा , गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रमुख सल्लाहकार तेज थापा , प्रमुख संरक्षक ओम घले नेपाली साझा मञ्च साउदी अरबका प्रतिनिधि राज कुमार जैरु , श्रमिक सन्जालका प्रतिनिधि रमेश कुमार सिटौला , गैरआवासीय नेपाली संघ स्थानीय समन्वय समिती दमाम साउदीका अध्यक्ष चित्र बहादुर पाटा मगर (मिलन) , किरात राई यायोख्खा प्रवास शाखा साउदी अरबका अध्यक्ष चित्र कुमार चाम्लिङ्ग राई , नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरुङ , एनआरएनए कर्मी गणेश अर्याल, सन्तोष गौतम येम बहादुर पुन मगर लगायत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नु भएको थियो।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha