मङ्लबार, असार ३, २०८२ | June 17, 2025

सांगीतिक प्रस्तुति दिन कतार आईपुगे चर्चित गायक प्रमोद खरेल

सांगीतिक प्रस्तुति दिन कतार आईपुगे चर्चित गायक प्रमोद खरेल

  • Naveen Sanchar

  • शुक्रबार, माघ १२, २०८०

  • 126
    Views
सांगीतिक प्रस्तुति दिन कतार आईपुगे चर्चित गायक प्रमोद खरेल

नवीनसञ्चार/रोशन अर्याल दोहा कतार

नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि दोहा आईपुगेका छन् ।

खरेल नेपालि सांगीतिक जगतका एक बलियो खम्बा हुन्। बच्चा देखि बुडा सम्म सबै उमेरकाले औधि मन पराउने उनका हरेक विधाका गितहरु  निकै चर्चित र लोकप्रिय छन्, झापा जिल्लामा जन्मिएका खरेल स्कुलको पढाई पश्चात उच्च शिक्षा हासिल गर्न राजधानी पसेका थिए, शुरुमा उनको उदेश्य डाक्टर बनेर बिरामीहरु को सेवा गर्ने थियो, रसायन शास्त्रमा मास्टर डिग्रि हासिल गरेका खरेलले केहि समय शैक्षिक पेशामा लागेका थिए, तर पनि उनको संगीत प्रतिको लगाव कहिले कमि भएन !  संगीत साधनालाई निरन्तरता दिदै “म बिना कसै कसै लाई मुस्किल छ पोखरामा” भन्ने गित बजारमा पस्किए पछि कहिले सांगीतिक यात्रा पछाडी फर्केर हेर्नु परेन।  उक्त गित सर्बादित लोकप्रिय भए पछि एक से एक गितहरु सुपर हिट हुन थालेका थिए , अहिले सम्म २५००  भन्दा बडी गितमा आवाज दिइसकेका खरेलको आवाजमा जादु रहेको छ, फ्रेनचाईज कार्यक्रम “द भोईस अफ नेपाल” २०१८ देखि २०२३ सम्म पाच सिजनमा कोचको भूमिकामा  रहेर उनि  तिन पटक सम्म बिजेता आफ्नो टिमको पोल्टोमा पार्न सफल भएका छन् ।

प्रमोद खरेल सुमधुर साँझ” सांगीतिक कार्यक्रम ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एण्ड बारले आयोजना गरेको हो, आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आइपुगेका खरेलले शुक्रबार साँझ प्रस्तुति दिने आयोजक तथा क्लब संचालक रमेश केसीले नबिन संचार हाउस लाई जानकारी दिए ।

आज शुक्रबार साँझ हुने कार्यक्रमको ढोका  दिउँसो ४ बजेबाट खुल्ने र साँझ ६ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ l महिलाका लागी ५०  र पुरुषका लागी कतारी रियाल १००  प्रवेश शुल्क लाग्ने जानकारी अर्का आयोजक तथा संचालक सन्दिप भट्टराईले जानकारी दिए । उनीहरूको स्वागतका लागि कतारको हमाद विमानस्थलमा द्वय संचालक सहित सञ्चारकर्मी तथा अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha