शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

कतारमा नया भिआईपि लाउन्जको उद्घाटन

कतारमा नया भिआईपि लाउन्जको उद्घाटन

  • Naveen Sanchar

  • आइतवार, माघ ७, २०८०

  • 819
    Views
कतारमा नया भिआईपि लाउन्जको उद्घाटन

रोशन अर्याल
नबिनसंचार दोहा, कतार

बिगत एक दशक देखि कतारलाई कर्मथलो बनाउदै आएका विभिन्न ब्यबसाय गर्दै आएका युवा व्यवसायी उत्तम गुरुङ नया भिआईपि लाउन्ज शुक्रबार राति उद्घाटन गर्दै संचालनमा ल्याएका छन्। कतारको मुग्लिनमा रहेको भिआईपि होटलको बाहिरपट्टिको कर्नरमा लाउन्ज रहेको छ।

उद्घाटन कार्यक्रम नेपालबाट एक सांगीतीक कार्यक्रममा प्रस्तुति दिन कतार आएका चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, बरिष्ट उपाध्यक्ष कृष्ण पन्थी लगायतले संयुक्तरूपमा रिबन र केक काटेर लाउन्जको समुद्घाटन गरेका हुन् । समुद्घाटन कार्यक्रममा दोहाका ब्यबसायीहरु,अथितिहरु, शुभचिन्तकहरु को उपस्थिति रहेको थियो ।

गायिका नेवारले आफु कतार आउदै गर्दा समुद्घाटन मा सरिक हुन पाउदा खुशी ब्यक्त गर्दै बधाई दिँदै लाउन्जको ब्यबसायिक सफलताको शुभकामना दीइन, दर्जन ठाउँमा फैलाउन सफल हुन शुभकामना दिइन् । रेउलेले पनि शुभ कार्यमा आफु सरिक हुन पाउदा खुशी ब्यक्त गर्दै ब्यबसायिक सफलताको शुभकामना साथै कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

उक्त लाउन्ज २४सै घण्टा सेवा उपलब्ध रहेको छ, चिया, कफी, शिशा,पेय पदार्थ तथा कन्भिनियाँस फुटहरु उपलब्ध रहेको छ। बिजनेश हब रुपना परिचित भएको उक्त होटल भित्र केहि दिन भित्रमा अर्को सुपरमार्केट पनि संचालनमा ल्याउने जानकारी गुरुङले दिएका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha