शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

ताबुकमा नवीकृत राहदानी वितरण ,बेजोड सांगीतिक तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताबुकमा नवीकृत राहदानी वितरण ,बेजोड सांगीतिक तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Naveen Sanchar

  • शुक्रबार, पुस २७, २०८०

  • 309
    Views
ताबुकमा नवीकृत राहदानी वितरण ,बेजोड सांगीतिक तथा श्रमिक  अन्तरक्रिया  कार्यक्रम सम्पन्न

नवीनसञ्चार सम्वाददाता, साउदी अरब ताबुक –

गत ८ डिसेम्बर-२०२३ मा संचालित राहदानी नविकरण घुम्ती सेवामा राहदानी नविकरणका लागि उपस्थित भैइ आवेदन दिनुभएका र महावाणिज्यदूतावास जेद्दामा उपस्थित भैइ आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सुचिमा बमोजिम ४७२ जनाको विद्युतिय राहदानी (E-Passport) तयार भैइ ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ४७२ मध्ये ४ सय ५० जनाको राहदानीहरू १२ जनवरी २०२४ का दिन बितरण गरिएको छ । सोही क्रममा उपस्थिति श्रमिकहरु बिच विभिन्न अन्तरक्रिया साथै बेजोड सांगीतिक कार्क्रम समेत गरिएको थियो ।उक्त कार्य शुक्रबारका दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो ।

महाबाणिज्य दुतावास जेद्दा देखी दुर दराजको क्षेत्र ताबुक तथा ताबुक आसपासमा रहेका श्रमिक दाजु भाई दिदिबहिनीहरुले आफु रहेको नजिकैको स्थानबाट आफ्नो राहदानी नवीकरण गर्न पाउदा अत्यन्तै हर्षित भएका थिए । भौगोलिक रुपमा अरु क्षेत्र को तुलनामा ताबुक सानो क्षेत्र भएता पनि साउदी अरब कै सबै भन्दा ठुलो नियोम परियोजना (Neom project ) को कारणले हाल सेवाग्राहीहरुको संख्या सबै भन्दा उच्च- संख्यामा रहेको छ।

राहदानी वितरण सेवा सम्पन्न गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका प्रवक्ता देबी बहादुर कार्की,गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका पूर्व उपाध्यक्ष तथा हाल जेध्दा कन्सुलेट द्वारा ताबुकका लागि स्थानीय प्रतिनिधि अर्जुन थापा ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका सदस्य युबराज पोखरेल गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका सथापक भक्त बहादुर हमाल गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारीहरु,अध्यक्ष नर बहादुर खतिवडा,उपाध्यक्ष ओम थापा ,सचिव बुद्धी प्रसाद बास्तोला, प्रवक्ता शक्ति भट्ट,सह सचिब ज्ञान भक्त खड्का ,युवा संयोजक बिक्रम तिम्सिना ,- सह- कोषाध्यक्ष,प्रकाश थापा,सद्स्य सुमन कार्की , राजेश सिर्पाली , बिकास झा आई बि गुरुङ, निलेस घिमिरे हरुले व्यवस्थित बनाउन अत्यन्तै समन्वयकारीभुमिका निभाएका थिए । गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरबको सहकार्यमा नवीकृत राहदानी वितरण सेवा सम्पन्न भएको थियो।

कार्यक्रममा स्थानिय कलाकार द्वारा बिभिन्न गीत सगीत बाट मनोरञ्जन गरिएको थियो। कार्यक्र्मको संचालन प्रवक्ता शक्ति भट्ट ले गर्नु भएको थियो। कायक्रम को मुख्य आकर्सण नेपाली दिदि बहिनी हरुले बनाएको नेपाली परिकार मो मो स्वादले नेपाल मै भए को अनुभूति गराएको थियो। कार्यक्रममा भाग्यशालि चिट्ठा खोलेर बिजेता घोषणा गरिएको थियो।

सन २०१४ देखी अहिलेसम्म कै उच्च संख्यामा राहदानी नवीकरण भइ वितरण भएको र दिनानुदिन नेपाली श्रमिकहरुको आगमन तथा बाक्लिदो संख्या भइरहेकोले आगामी दिनहरुमा अझै यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha