१४० औं लेखनाथ जयन्ती
कवि परिचय :
लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस१५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवीर पं. दुर्गादत्त थिए।
लेखनाथ पौड्याल (वि.स. १९४१ – २०२२) नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए। उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ। विक्रम सम्वत् २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो। उनको जन्मस्थल लेखनाथ नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो।
२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रूपियाँ आजीवन भत्ता प्रदान गरेका थिए। लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथम आफ्ना गुरु दधिराम मरासिनीलाई एउटा चिठी लेखे!
मेरा पूज्य गुरु ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।
हलन्त बहिष्कार आन्दोलनेपाली भाषाका अक्षरमा खुट्टा काटी लेख्ने चलन लेखक अनुसार फरक पर्थ्यो। लेखनाथले जथाभावी खुट्टा काटी लेख्ने शैलीको विरोधमा राममणी आ.दीको हलन्त बहिष्कार आन्दोलनमा सामेल भए। तसर्थ उनी हलन्त बहिष्कारका समर्थक पनि थिए।
कवि शिरोमणि लेखनाथ पौड्यालको कवितायात्राको प्रारम्भ वि.सं. १९६१ सालमा प्रकाशित ‘कविता कल्पद्रुम’मा सङ्ग्रहित उनका दुई कविताबाट भएको पाइन्छ। १९६९मा प्रकाशित ‘लालित्य’ भित्र सङ्ग्रहित कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गर्यो। यसपछि १९७० मा प्रकाशित उनको ‘शोक प्रवाह’ शीर्षकको शोक काव्य, १९७३ मा प्रकाशित ‘ऋतु विचार’ खण्डकाव्य र १९७३ मा नै प्रकाशित ‘बुद्धि विनोद’ शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो। नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो। उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले।
यसैबीच १९७६ साल जेठ २६ गते उनका बुबा दुर्गादत्त पौड्यालको निधन हुनपुग्यो। यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो। उनले आफूलाई आफैँले बुझाए। यसै साल अर्थात् वि.सं. १९७६ सालमा नै उनको ‘सत्य-कलि संवाद’ शीर्षकको अर्को कृति प्रकाशित भयो। यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो। साहित्य सिर्जनामा नै उनी निमग्न हुनथाले। उनले अनेकौँ फुटकर कविताहरू रचना गरे। पुस्तकहरू लेखे। यसमध्ये ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य-सन्देश’, ‘जीवन-चङ्गा’, ‘गौँथलीको चिरिबिरि’ आदि कविता अविस्मरणीय बनेका छन्। त्यस्तै उनको प्रकाशित कृतिमध्ये ‘गीताञ्जली’ -१९८६), लक्ष्मीपूजा -नाटक-१९९४), ‘त्याग र उदयको युगल प्रकाशन’ -स्तुतिकाव्य-२००२,) ‘अमर ज्योतिको सत्य स्मृति’, -शोक काव्य-२००८), तरुण तपसी -नव्य काव्य -२०१०), ‘मेरो राम’ -खण्डकाव्य-२०११), अभिज्ञान शाकुन्तल-नाटक-२०१५), ‘भतर्हरि निर्वेद’ -नाटक-२०२०) र ‘गङ्गा गौरी’ महाकाव्य आदि अमर र अमूल्य कृति मानिन्छन्। राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो। राम्रा सृजना पनि आगोमा झोस्नुपर्थ्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपर्थ्यो। त्यसैले पौड्यालले जति लेखे धेरै लेखे। यसै प्रसङ्गमा उनी आफै भन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ। त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो। तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”
२०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे। २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे। तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे। त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणी नदीमा ल्याइपुर्याइयो।अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते, ८२ वर्षको उमेरमा चितवनको भरतपुरस्थित देवघाटमा कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए।[स्रोत नखुलेको]
उनलाई मरणोपरान्त वि सं २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरेको छ। उनको स्मृतिमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ।