शुक्रबार, साउन १, २०८३ | July 17, 2026

संस्कृति मन्त्रालयद्वारा कीर्तिपुरमा अभौतिक सम्पदासम्बन्धी अभिमुखीकरण

संस्कृति मन्त्रालयद्वारा कीर्तिपुरमा अभौतिक सम्पदासम्बन्धी अभिमुखीकरण

  • Naveen Sanchar

  • बिहिबार, जेष्ठ २८, २०८३

  • 129
    Views
संस्कृति मन्त्रालयद्वारा कीर्तिपुरमा अभौतिक सम्पदासम्बन्धी अभिमुखीकरण

२९ जेठ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाद्वारा जेठ २८ गते बिहिवार दिउॅसो कीर्तिपुर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा महाशाखा प्रमुख एवं मन्त्रालयका सहसचिव डा. सुरेश सुरश श्रेष्ठले अभौतिक सांस्कृतिक सम्पदा र त्यसको महत्व, राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति र व्यवस्थाकाबारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख कृष्णमान डंगोललगायत जनप्रतिनिधि, कर्मचारी र कीर्तिपुरमा क्रियाशील सम्पदाप्रेमी अभियन्ता, संचारकर्मी तथा बुद्धिजीवि वर्गको उपस्थिति रहेको कीर्तिपुर नगरपालिका, सामाजिक शाखाले जनाएको छ । कार्यक्रमको समापन गर्नुहुॅदै नगर प्रमुख डंगोलले कार्यक्रममा आएको सुझावलाई मनन गर्दै नगरभरिका अभौतिक सम्पदाहरु सूचिकृत गर्न सरोकारवालाहरुको समिति गठन गरि अघि बढ्ने धारणा राख्नुभएको बताईको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha