शनिबार, साउन १६, २०८३ | August 1, 2026

विष्णुदेवी अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

विष्णुदेवी अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

  • Naveen Sanchar

  • बुधबार, जेष्ठ २७, २०८३

  • 270
    Views
विष्णुदेवी अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

२७ जेठ, काठमाडौं । कीर्तिपुरस्थित विष्णुदेवी अनगर अस्पताललाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको छ । आज बुधवार दिउॅसो अस्पतालको सभाकक्षमा आयोजित संक्षिप्त कार्यक्रममा कीर्तिपुर नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान डंगोललाई च्वाईस ह्यूम्यानिटेरियन नेपाल नामक सहयोगी संस्थाको तर्फबाट पटिल्लो अत्याधुनिक प्रविधिको अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको बताईएको छ ।
कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुॅदै नगर प्रमुख डंगोलले अस्पतालले २४ घन्टा आकस्मिक सेवा संचालनमा ल्याएको वर्षदिन पुगेको स्मरण गर्नुहुॅदै प्राप्त उपकरणले विष्णुदेवी अस्पतालमा कार्यरत दक्ष जनशक्तिलाई उपकरणको उपलब्धीले सेवामा गुणस्तर बृद्धि हुनेमा आफू विश्वस्त रहेको धारणा राख्नुहुॅदै थप सेवा विस्तारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सन्तमान मानन्धर र अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. अरुण गौतमलगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha