शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

विज्ञप्ति

विज्ञप्ति

  • Naveen Sanchar

  • बिहिबार, पुस १२, २०८०

  • 200
    Views
विज्ञप्ति

Ref. Press Release-10/023-25                                                                                                                 विज्ञप्ति

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन (www.nrna.org) सँग मिल्दोजुल्दो हुने गरी केही समूहले संघको आधिकारिक इमेल भएको भ्रम सृजना गर्दै विभिन्न व्यक्तिहरुलाई इमेल पठाइएको पाइएकोले त्यसप्रति संघको ध्यानाकर्षण भएको छ ।गैरआवासीय नेपाली संघको आधिकारिक वेबसाइट  www.nrna.org भएको यहाँहरुलाई अवगत नै छ । सोहीअनुरुप संघका केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा महासचिवले समेत संस्थागत (@nrna.org ) इमेल खाता  सञ्चालन गर्दै आउनुभएको छ ।  त्यसैले संघको केन्द्रीय कार्यालयबाट प्रदान गरिएका  इमेलमा प्राप्त हुने सूचनाहरु मात्र संस्थागत र आधिकारिक हुने सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले आन्तरिक रुपमा  इमेल पठाउँदा जीमेल, हटमेल, याहु वा कुनै व्यक्ति र कम्पनीको इमलेबाट प्राप्त हुने सूचनाहरु मान्य नहुने जानकारी गराइन्छ ।

विगत केही समयदेखि गैरआवासीय नेपाली संघसँग मिल्दाजुल्दा फेसबुक पेज तथा समूह सञ्चालन गर्ने तथा गैरआवासीय नेपाली संघको लोगो, लेटरप्याड लगायतका सामग्रीहरु कानुनविपरीत दुरुपयोग गर्दै आएको प्रति संघ सचेत रहेको छ । र, त्यस्ता गतिविधिहरुलाई प्रचलित कानूनबमोजिम कारवाही  प्रकृयामा अघि बढाइने समेत अवगत गराइन्छ ।

अतः संघको बारेमा अधिकारिक सूचना चाहिएमा वा विस्तृत जानकारीको लागि  info@nrna.org <mailto:info@nrna.org> मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

फणिन्द्र पन्त

प्रवक्ता

गैरआवासीय नेपाली संघ

२८ डिसेम्बर २०२३

NRNA Secretariat

Email:contact@nrna.org

Baluwatar, Kathmandu.

Phone : 977-01-4526005/4511530

P.O. Box: 1189

Web: www.nrna.org


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha