शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

मुक्तक

मुक्तक

  • Naveen Sanchar

  • बिहिबार, पुस १२, २०८०

  • 213
    Views
मुक्तक

पुष्पा प्रकृति चौलागाईं
रोङ ५ देवान्छाप इलाम

मुक्तक  १
कहिले मन हावामा उडेको जस्तै चङ्गा हुने गर्छ
बहकिदै भावनामा किन ?यस्तो लफङ्गा हुने गर्छ
जिन्दगीको सफर पुग्ने छ कहाँसम्म सोच्दैछु म,
आफूले आफैलाई कहिलेकाहीँ हुलदङ्गा हुने गर्छ!!
मुक्तक २
निर्धक्क भएर भन्न सकूँ म नेपाली भनेर
गर्वका साथ भन्न सकूँ वीर गोर्खाली भनेर
स्वाभिमान बचाउन सकूँ बरु ज्यान जाओस,
मेची देखि मेरो हो भन्न सकूँ महाकाली भनेर!!
मुक्तक ३
सिमानामा उभिएको हुनेछ यो ज्यान मेरो
प्राण भन्दा प्यारो लाग्छ स्वाभिमान मेरो
आफ्नो अस्तित्व बचाउन सङ्घर्ष गर्नु छ,
डगमगाउन दिने छैन देशको पहिचान मेरो !!
मुक्तक ४
अनाथ,असहायको लागि सेवक बन्न सक्नुपर्छ
असल मार्ग देखाउन सक्ने प्रेरक बन्न सक्नुपर्छ
अन्धकार हटाउनलाई ज्ञानको ज्योति फैलाउन,
नैतिक र बौद्धिकताको प्रदर्शक बन्न सक्नुपर्छ !!
मुक्तक ५
शब्द शब्दमा मोहित पार्ने कुरा हजुरको
नजर झन् क्या नशालु वाह सुरा हजुरको
रुप रङ्ग ढङ्गले नै आकर्षित बन्यो यो मन,
बत्तीसै लक्षण देखे मैले त पूरा हजुरको !!


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha