शनिबार, साउन २, २०८३ | July 18, 2026

गजल

गजल

  • Naveen Sanchar

  • बुधबार, पुस ११, २०८०

  • 274
    Views
गजल

बालकृष्ण गजुरेल ( साहित्यमा स्माइल )

             गजल

सौन्दर्यको मूल्य तब सम्म हुन्छ जब आँखा हुन्छ
जहाँ कुवा हुन्छ हिम चुचुरा हुन्छ तथा पाखा हुन्छ

चुम्बन नै प्रेमको डोरी हो सम्बन्धलाई बाँधी राख्ने
त्यसपछि बाटो खुल्छ बिच-बिचमा ती साखा हुन्छ

पहिल्यै जिलेफी खाए खानाक‍ो स्वाद बेकार हुन्छ
लड्डु, पेडा, लालमोहन पछि खाँदा खाखा हुन्छ

माया दुई आत्माको मिलन या सम्मानलाई भनिन्छ
आजकाल फुटवल जस्त‍ो भो थालीमा माखा हुन्छ

इमानदारी, नैतीकताको जमाना गय‍ो पैसाको भयो
लुट, कमाउ, जसरी पनि नत्र अर्को कुनै काखाँ हुन्छ


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha