शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

गजल

गजल

  • Naveen Sanchar

  • बुधबार, पुस ११, २०८०

  • 148
    Views
गजल

मीना चौलागाईं

गजल 

कस्तो छ भनेर सोध्यौ, म हाल लिएर आउँछु
जवाफ तिमीले दिनु, म सवाल लिएर आउँछु

मन पर्छ भन्थ्यौ मेरा यी झिमझिम गर्ने परेली
डुबुल्की मार्नु आँखामा, म ताल लिएर आउँछु

बसेर डाँडामाथि, झुल्के घाम हेर्दै गर्नु तिमी
फड्को मार्नुछ हामीले, म चाल लिएर आउँछु

बिर्सेर नराम्रो विगत, सुरुवात गर्नुछ नयाँ धेरै
खुसी भरेर मनमा, म नयाँ साल लिएर आउँछु

चैतको खडेरीझैँ उराठ, छ भन्यौ जिन्दगानी
मायाले सिञ्चित गर्न, म छाल लिएर आउँछु !!


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha