
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त गरेपछि स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । साथै मानित प्रादेशिक विश्वविद्यालय स्थापनका आधार समेत तयार गर्दै गएको छ । प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यलाई ध्यानमा राखी देहाय बमोजिम कार्ययोजना क्याम्पसले अघि बढाएको छ ।
१. आइक्युएसीको सुदृढीकरण
क्याम्पसबाट उत्पादन हुने जनशक्तिलाई गुणस्तरीय बनाउन, टोटल क्वालिटी म्यानेजमेण्ट गर्न तथा विद्यमान आइक्युएसीलाई सुधार गर्न गुणस्तर सुनिश्चितता निर्देशिका, २०७७ लाई समसामयिक सुधार गर्ने ।
२. विभागीय सुधारका कार्यक्रम
विभागीय सुदृढीकरण गरी वर्तमानमा विद्यमान विभिन्न विभागको शैक्षिक परिपाटीमा सुधार गर्न विभागीय सुधार योजना ल्याउने ।
३. एड्भान्स्ड सफ्टवेयर जडान गर्ने
क्याम्पसमा हाल प्रयोगमा रहेको सफ्टवेयर प्रतिस्थापन वा स्तरीकृत गरी नयाँ सुविधायुक्त सफ्टवेयर जडान गर्ने ।
४. अनुसन्धान कार्यलाई प्रभावकारी बनाउने
क्याम्पसका शिक्षण सिकाई क्रियाकलापलाई प्रत्यक्ष रुपमा अनुसन्धानसँग जोड्ने ।
५. सूचना प्रविधि व्यवस्थापन
इआइएमएस प्रणाली सुधार गर्न आईटी स्टाफ व्यवस्थापन गर्ने ।
६. मल्टिमिडिया जडान तथा तालिम
क्याम्पसका सम्पूर्ण कक्षाकोठामा मल्टिमिडिया जडान गरी सम्पूर्ण विभागीय सदस्यलाई सोसम्बन्धी तालिम दिने ।
७. वार्षिक तथा आन्तरिक परीक्षाफलमा सुधार
क्याम्पसका विद्यार्थीलाई आन्तरिक परीक्षामा सहभागी हुन प्रोत्साहित गरी अन्तिम परीक्षाफलमा सुधार ल्याउने ।
८. विद्यार्थी भर्ना र योग्य प्राध्यापक नियुक्ति प्रक्रियामा सुधार
विद्यार्थी भर्ना र योग्य प्राध्यापक नियुक्ति प्रक्रियामा आवश्यक सुधार गरिनेछ ।
९. क्याम्पसद्वारा उत्पादित जनशक्तिलाई गुणस्तरीय बनाउने
क्याम्पसको वर्तमान शिक्षण विधिमा सुधार गरी गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गरिनेछ ।
१०. बजारमा आधारित शैक्षिक पाठ्यक्रम
श्रमबजारको माग अनुरुपका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ।
================================================================================
UGC बाट QAA प्राप्त
बानेश्वर बहुमुखी क्याम्पस
शान्तिनगर, बानेश्वर, काठमाडौंमा
शैक्षिक शत्र २०८०।०८१ का लागि बिहानी समयमा BBA, BA, BSW, B.Ed. प्रथम वर्ष तथा
MA, MEd. र MBA प्रथम सेमेस्टरमा भर्ना खुल्यो ।
साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा सञ्चालित कक्षा ११ मा बिहानी समयमा बाँकी केही सिटहरुमा भर्ना भइरहेको छ ।
सम्पर्क : ०१–४६२०३१०, ०१–४६२०३३२, ९८४१७१९१७२, ९८४१९०७२८७
e-mail: bmc@baneshworcampus.edu.np
Website: www.baneshworcampus.edu.np