शुक्रबार, फाल्गुन २, २०८१ | February 14, 2025

गुणस्तरीय शिक्षाको पर्याय बानेश्वर बहुमुखी क्याम्पस

गुणस्तरीय शिक्षाको पर्याय बानेश्वर बहुमुखी क्याम्पस

  • Naveen Sanchar

  • बिहिबार, कार्तिक ३०, २०८०

  • 640
    Views
गुणस्तरीय शिक्षाको पर्याय बानेश्वर बहुमुखी क्याम्पस

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गुणस्तरीय, समयसापेक्ष र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा समाजसेवी, बुद्धिजीवी र ख्यातिप्राप्त शिक्षाविद्को समूहले स्थापना गरेको बानेश्वर बहुमुखी क्याम्पसले शिक्षण संस्थाको भीडमा पृथक पहिचान बनाएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त गर्न सफल यस क्याम्पसको शैक्षिक नतिजा हरेक वर्ष उत्कृष्ट छ । अनुशासित वातावरण र गुणस्तरीय पठन विधिका कारण यस क्याम्पसले विद्यार्थी र अभिभावकमाझ बेग्लै छाप छाड्न सफल भएको छ ।
लामो शैक्षिक इतिहासमा आफूलाई सधैं अब्बल राख्न बानेश्वर क्याम्पसले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ । हाल यस क्याम्पसमा एमए(सामजशास्त्र), एमएड् (इपीएम र स्वास्थ्य), एमबीएस,बीए, साइकोलोजी, बीबीएस, बीएसडब्लु र प्लस टु तहको समेत पठनपाठन भइरहेको छ । यो साँचो अर्थमा एक सार्वजनिक क्याम्पस हो किनकि यो शिक्षक र समुदायद्वारा एक मुनाफारहित शिक्षण संस्थाका रूपमा सञ्चालित छ। स्थापनाकालदेखि नै क्याम्पसले स्थानीय नागरिक र समुदायको योगदानलाई परिचालन गर्न सफल भएको क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्का बताउनुहुन्छ ।

अतीतमा प्रचलित शिक्षा पद्धति पर्याप्त छैन । अधूरो, सतही,  प्रतिष्पर्धामा आधारित र घातक छ जसले केवल रोजी–रोटी कमाउन सिकाउँछ । जीवनका निम्ति कुनै अन्तर्दृष्टि  दिन सक्दैन । वर्तमान युगको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्न बानेश्वर बहुमुखी क्याम्पस उद्यत छ । सूचनात्मक, वैज्ञानिक विषयको खोज, जीवन जिउने कला र सृजनात्मकतामा जोड दिने यस क्याम्पसको मूल मन्त्र ‘नयाँ मनुष्यका निम्ति नयाँ शिक्षा’  हो । सरकारी क्याम्पसको अराजक वातावरण र निजी क्याम्पसको चर्को शुल्कबाट हैरान भएका अभिाभावक तथा विद्यार्थीको निम्ति यो क्याम्पस सर्वाधिक उपयुक्त विकल्पका रुपमा स्थापित भएको छ ।

प्राध्यापकको जादूमय शिक्षणशैली

विगतमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण थियो; किनकि सबै परीक्षामा उत्तीर्ण भई शिक्षकसँग मात्र ज्ञानको संग्रह हुन्थ्यो ।श्रुति परम्पराबाट ज्ञानको हस्तान्तरण हुन्थ्यो । तर अहिले परिस्थिति बदलिएको छ । ज्ञानका अन्य थुप्रै साधन र स्रोत उपलब्ध छन् । तसर्थ प्राध्यापक समेत ज्ञानको विष्फोटन तथा विज्ञान प्रविधिको विकाससँगै परिमार्जित हुनुपर्ने अवस्था छ । प्राध्यापक स्वयं विद्यार्थी हुँदाको समय र वर्तमानमा निकै फरक छ । पुराना कुरा तिथिबाह्य भइसकेका छन्, दोहो-याउनुको कुनै अर्थ छैन । तसर्थ यहाँका प्राध्यापकले आफूलाई एक मार्गदर्शकका रुपमा परिमार्जन गर्दै लानुभएको छ ।


बानेश्वर बहुमुखी क्याम्पसका हरेक विषयका प्राध्यापकको शिक्षण विधि विद्यार्थी केन्द्रित र उत्कृष्ट छ । विद्यार्थी सहभागितालाई जोड दिने शिक्षण सिकाई, अध्यापनमा प्रोजेक्टर र पावर पोइन्ट प्रस्तुतिको प्रयोग, महत्वपूर्ण प्रश्न दिएर कक्षामै परीक्षाको तयारी गराउने, उच्च शिक्षामा समेत गृहकार्य दिने र परीक्षण गर्ने यस क्याम्पसका प्राध्यापकको शिक्षण विधिको जति प्रशंसा गरेपनि कम नै हुन्छ । यस क्याम्पसका प्राध्यापकले विद्यार्थीलाई पढाउनेभन्दा पनि कसरी पढ्ने भनेर सिकाउने गर्नुहुन्छ । शिक्षालाई परीक्षामुखीभन्दा अनुसन्धानमुखी बनाउनेतर्फ यस क्याम्पसका प्राध्यापक केन्द्रित देखिनुहुन्छ ।

विद्यार्थीले परीक्षामा ल्याएको उत्कृष्ट नतिजालाई नै यस क्याम्पसका प्राध्यापकको सफलताको सूचकका रुपमा लिन सकिन्छ । अन्तक्र्रियात्मक पठनपाठनलाई अधिकतम महत्व दिने बानेश्वर क्याम्पसमा अनुभवी प्राध्यापकको टोली छ। यही कारणले मुलुकभरका अब्बल विद्यार्थीको रोजाईमा यो क्याम्पस पर्न सफल भएको छ । अनुशासित वातावरण र न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न बानेश्वर बहुमुखी क्याम्स उचित विकल्प हो भन्नेमा दुईमत छैन ।

कलेजका प्राध्यापकले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरतरहले प्रेरित गर्नुहुन्छ । यहाँका प्राध्यापकद्वारा स्नातक र स्नातकोत्तर तहमा समेत विद्यार्थीको देखभाल समेत माध्यमिक तहकै जस्तो हुन्छ । विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि बानेश्वर क्याम्पसमा पढाइसँगसँगै सञ्चालन हुने गर्छन्। हरेक विद्यार्थीलाई पढाइसँगै प्रस्तुतिमा अब्बल बनाउनेतर्फ कलेज केन्द्रित रहेको छ । प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार अतिरिक्त कक्षा, प्रोजेक्ट वर्कलगायत गतिविधि बानेश्वर क्याम्पसका विशेषता हुन्। यसबाहेक विद्यार्थीको करिअर विकासका लागि यस कलेजले विशेष ध्यान दिँदै आएको छ।

आन्तरिक परीक्षामा विशेष ध्यान दिँदै आएको बानेश्वर बहुमुखी क्याम्पसले अतिरिक्त क्रियाकलाप र काउन्सिलिङलाई समेत उत्तिकै प्राथमिकता दिँदै आएको छ । हरेक हप्ता यस क्याम्पसमा कुनै न कुनै रचनात्मक कार्यक्रम आयोजना भएकै हुन्छ । यस क्याम्पसमा खेलकुद, प्रोजेक्ट वर्क, सांस्कृतिक कार्यक्रम र शैक्षिक भ्रमण नियमित पढाइबाहेकका मुख्य गतिविधि हुन् ।

 

यस कलेजले क्लास टेस्ट, मासिक, टर्मिनल तथा प्रि–बोर्ड परीक्षा मात्रै होइन, दरिलो तयारीका लागि कक्षागत रुपमा ‘मक एक्जाम’ को पनि व्यवस्था गरेको छ । कलेजले आवश्यकता अनुसार आफ्ना विद्यार्थीलाई अतिरिक्त र विशेष कक्षा सञ्चालन गर्दै आएकोछ । जसले बानेश्वर क्याम्पको सफलता मापन गर्न सहज बनाइदिएको छ । बानेश्वर क्याम्पस पटक–पटक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने कलेज हो ।
योग्यतामा विशेष ध्यान दिने बानेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीको आर्थिक अवस्थालाई पनि ध्यानमा राखेर आवश्यकता अनुसार छात्रवृत्ति प्रदान गर्ने गर्छ । क्याम्पस मुनाफारहित सामुदायिक शिक्षण संस्था हो ।

आफ्नै स्वामित्वमा उत्कृष्ट भौतिक पूर्वाधार


बानेश्वर बहुमुखी क्याम्पस आफ्नै स्वामित्वमा रहेको भवन, खेलमैदान र उत्कृष्ट भौतिक पूर्वाधारले सुसज्जित छ । फराकिला कक्षाकोठा, चमेनागृह, पुस्तकालय, कम्प्युटर प्रयोगशाला लगायत सुविधाले बानेश्वर क्याम्पसमा विद्यार्थीको अध्ययनलाई बहुआयामिक बनाउने गर्छन्।

प्रादेशिक विश्वविद्यालयतर्फको यात्रामा बानेश्वर बहुमुखी क्याम्पस

बानेश्वर बहुमुखी क्याम्पसले मानित प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि बाग्मती प्रदेश सरकारसमक्ष आवेदन पेश गरेको छ । क्याम्पसले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडामा मानित विश्वविद्यालय स्थापनाका लागि इच्छा देखाउँदै आवेदन दिएको हो । प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले  ३० दिने सार्वजनिक सूचना जारी गर्दै प्रदेश उच्च शिक्षा ऐनको अनुसूचीमा व्यवस्था भएको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थालाई आवेदन माग गरेको थियो ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८ बनेको डेढ वर्षपछि परिषद्ले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अघि बढाउँदै  इच्छुक क्याम्पस वा शैक्षिक संस्थालाई प्रस्तावसहित आवेदन दिन सूचना प्रकाशित गरिएको थियो । ऐनमा प्रदेश सरकारले प्रादेशिक सार्वजनिक विश्वविद्यालय स्थापना गर्न सक्ने, प्रदेश सरकारको स्वीकृतिमा मुनाफा नगर्ने सामुदायिक वा मानित विश्वविद्यालय स्थापना तथा सञ्चालन हुन सक्ने, शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान स्थापना गर्न सकिने र यसका लागि परिषद्को सिफारिसमा प्रदेश सरकारको स्वीकृतिले स्थापना हुने व्यवस्था गरिएको छ ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha