आइतवार, मंसिर ८, २०८२ | November 23, 2025

बानेश्वर बहुमुखी क्याम्पसद्वारा मानित प्रादेशिक विश्वविद्यालयका लागि आवेदन पेश

बानेश्वर बहुमुखी क्याम्पसद्वारा मानित प्रादेशिक विश्वविद्यालयका लागि आवेदन पेश

  • Naveen Sanchar

  • सोमवार, कार्तिक १३, २०८०

  • 509
    Views
बानेश्वर बहुमुखी क्याम्पसद्वारा मानित प्रादेशिक विश्वविद्यालयका लागि आवेदन पेश

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । शान्तिरनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले मानित प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि बाग्मती प्रदेश सरकारसमक्ष आवेदन पेश गरेको छ । क्याम्पसले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडामा मानित विश्वविद्यालय स्थापनाका लागि इच्छा देखाउँदै आवेदन दिएको हो ।
प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले  ३० दिने सार्वजनिक सूचना जारी गर्दै प्रदेश उच्च शिक्षा ऐनको अनुसूचीमा व्यवस्था भएको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थालाई आवेदन माग गरेको थियो ।
प्रदेश उच्च शिक्षा ऐन, २०७८ बनेको डेढ वर्षपछि परिषद्ले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अघि बढाउँदै गत असोज ७ गते इच्छुक क्याम्पस वा शैक्षिक संस्थालाई प्रस्तावसहित आवेदन दिन सूचना प्रकाशित गरिएको थियो । ऐनमा प्रदेश सरकारले प्रादेशिक सार्वजनिक विश्वविद्यालय स्थापना गर्न सक्ने, प्रदेश सरकारको स्वीकृतिमा मुनाफा नगर्ने सामुदायिक वा मानित विश्वविद्यालय स्थापना तथा सञ्चालन हुन सक्ने, शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान स्थापना गर्न सकिने र यसका लागि परिषद्को सिफारिसमा प्रदेश सरकारको स्वीकृतिले स्थापना हुने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार परिषद्ले माग गरेको समयावधिमा क्याम्पस र शैक्षिक संस्था गरी छ वटाको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि इच्छा व्यक्त गर्दै आवेदन परेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha