बुधबार, साउन ६, २०८३ | July 22, 2026

अन्ततः आत्मदाहनै ठहरियो, कीर्तिपुर ट्याङ्लामा कार जलेको घटना

अन्ततः आत्मदाहनै ठहरियो, कीर्तिपुर ट्याङ्लामा कार जलेको घटना

  • Naveen Sanchar

  • बुधबार, साउन ६, २०८३

  • 45
    Views
अन्ततः आत्मदाहनै ठहरियो, कीर्तिपुर ट्याङ्लामा कार जलेको घटना

६ साउन, काठमाडौं । साउन ५ गते कीर्तिपुरको ट्याङ्लास्थित सुम्लाङकोटमा एउटक सेतो कार जलेको सनसनीपूर्ण घटनाको गहन र तिव्र अनुसन्धान गरेको नेपाल प्रहरीले छोटो समयमै कारभित्र जलेको मानिसको पहिचान र घटना आत्मदाह भएको निस्कर्ष निकालेको छ ।
काठमाडौंको नरदेवीमा स्थायी ठेगाना भई कीर्तिपुरको ट्याङ्लामा बसोबास गदैृ आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ बिहान करिब पौने ११ बजेतिर आफै कार चलाई त्यहॉ पुगेको र त्यसको केहि समयपछि अचानक कारमा दनदनी आगो बलेको देखेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको बताउॅदै आर्थिक समस्यानै हुनसक्ने प्रारम्भिक अनुमान रहेको बताईएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha