
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । सिद्धार्थ बैंक संचालक समितिको ४१८औं बैठकले आ.व. २०७९÷८० को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१९० (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय नब्बे रुपैँया मात्र) मा ४.२१५ बराबरको ५९,३१,८८,१६६ (अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनको लागि समेत) प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाबाट पारित भए पश्चात् मात्र वितरण गरिनेछ ।
बैंकले आर्थिक वर्ष २०७९।८० मा रु ३ अर्व १६ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु २६ करोड अर्थात् ९.११५ को वृद्धि हो । यसै गरी बैंकको वितरणयोग्य मुनाफा रु ६६ करोड कायम रहन आएको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केहि संकुचन आएको देखिन्छ जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०७९।८० को खुद मुनाफाबाट रु १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पूजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो । यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई नै वितरण गरिन्छ । यसर्थ उक्त विनियोजित रकम रु १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा रु २ अर्ब १२ करोड कायम हुन आउँछ जुन प्रतिशतको हिसाबमा हेर्दा १५.०७ ५ को प्रतिफल हो । यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई २.०१५ मा सिमित गर्न सफल भएको छ, जुन अघिल्लो त्रैमासको निस्कृय कर्जाको अनुपात ३.९५५ को तुलनामा ४९.११५ को सुधार हो ।
२०८० असार मसान्तमा बैंकको चुक्ता पूंजि रु. १४ अर्व ८ करोड रहेको छ भने जगेडा कोष रु. ११ अर्व २२ करोड रहेको छ । बैंकको नेटवर्थ रु. २५ अर्व ३१ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. ३ अर्व ७१ करोड ले वृद्धि भएको छ । बैंकले यस आर्थिक वर्षमा रु. ५९ करोड नगद लाभांश वितरण गरे पश्चात् पनि बैंकको नेटवर्थमा अघिल्लो आ.व. भन्दा १४.४३५ ले वृद्धि हुने बैंकले जनाएको छ ।