
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न प्रथम युएई तीज कप २०२३ मा लमजुङ फुटबल क्लब विजयी भएको छ । प्रतियोगितमा लमजुङ एफसीले नखील गुर्खाज एफसीलाई २–१ अन्तरले पराजित गरेको हो । एफसी रोयल अबुधाबीद्वारा आयोजित प्रतियोगिताको पहिलो संस्करणमा दश टिम सहभागी थिए । सहभागी सबैप्रति आयोजक क्लबले आभार व्यक्त गरेको छ ।