बिहिबार, फाल्गुन २१, २०८२ | March 5, 2026

नेम्वाङलाई इलाम विकास समाजले दियो श्रद्धाञ्जली

नेम्वाङलाई इलाम विकास समाजले दियो श्रद्धाञ्जली

  • Naveen Sanchar

  • आइतवार, भदौ ३१, २०८०

  • 261
    Views
नेम्वाङलाई इलाम विकास समाजले दियो श्रद्धाञ्जली

नवीनसञ्चार सम्वाददाता
काठमाडौं ।इलाम विकास समाज काठमाडौंले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य एव संसदीय दलका उपनेता  सुवासचन्द्र नेम्वाङको श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्‍यो । समाजका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्वर्गीय नेम्वाङको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्व सांसद सुजाता परियार, संविधानसभा सदस्य शकुन्तला लेप्चा, पूर्व प्रदेश सांसद गणेश दुलाल, नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य लोकनाथ सुवेदी, नेपाली काँग्रेस इलाम जिल्लाका खगेन्द्र देवान, नेपाल पर्यटन बोडका सदस्य कृष्ण शाह लगायतले स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदानको चर्चा गर्नु भयो । कार्यक्रमको संचालन कवि पूण्यप्रसाद घिमिरेले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल वायुसेवा निगमका अध्यक्ष कवि युवराज अधिकारी, इन्जिनियरहरु दुर्गा ओस्ती, ठाकुरचन्द्र श्रेष्ठ, कुमार थापा तथा चलचित्र निर्देशक एवं संचारकर्मी सुचित्रा श्रेष्ठ, विष्णु घिमिरे, तारा सापकोटा, टंक गजुरेल, पार्वती शर्मा, शान्ता प्रधान, शशीकला प्रधान, इन्द्रप्रसाद मैनाली, निरोध खड्की, चन्द्र खाकी, निमेष गौतम, माधव चम्लागाईं, ईश्वर श्रेष्ठ, डीआर राई, गंगा पोखरेल, वसन्त खान, मेनका प्रधान लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha