
काठमाडौँ । गोवंशहत्याको विरोधमा विभिन्न बुटबलमा शनिबार हुने वृहद् गोरक्षा शान्ति -यालीको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएका छन् । स्थानीय राजमार्ग चौराहदेखि ट्राफिक चोकसम्म आयोजना हुने उक्त -यालीमा विभिन्न धार्मिक तथा समाजिक संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । कामधेनु गौधाम, रुपन्देहीका संरक्षक गोव्रती योगी सोमराजजी महाराजको संयोजकत्वमा आयोजना हुने –यालीमा हजारौँको संख्यामा सनातन धर्मामलम्वीको सहभागिता रहने बताइएको छ । बिहान ७ः३० बजे सुरु हुने पदयात्रामा सहभागी भई गौहत्याकाविरुद्ध ऐक्यबद्धता जनाउन कार्यक्रमका सहसंयोजक एवं विश्व ज्योतिष महासंघ, बुटवल प्रदेशका सभापति जनार्दन न्यौपानेले सम्पूर्ण सनातन धर्मावलम्बीलाई अनुरोध गर्नुभएको छ ।