
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बाग्मती प्रदेशको आयोजनामा देशको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक शिक्षा कार्यशाला चितवनको भरतपुरमा आगामी सोमबार हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्य प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने परिषद्ले जनाएको छ । चितवन मेडिकल कलेजकी प्राध्यापक ममता न्यौपानेको संयोजकत्वमा सञ्चालन हुने कार्यक्रमका टिप्पणीकतौ प्रा.डा. विजु थपलिया र प्रा.दयाराम पौडेल रहनुभएको छ ।कार्यक्रममा आधारभूतदेखि उच्च तहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षा नीति, शिक्षण विधि, मूल्याकंन पद्धति लगायतका विषयमा अध्ययन, विश्लेषण एवं परिचर्चा गरिने परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले बताउनुभयो ।