शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

वित्तीय साक्षरता प्राथमिकतामा : अध्यक्ष केसी

वित्तीय साक्षरता प्राथमिकतामा : अध्यक्ष केसी

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १२, २०८०

  • 195
    Views
वित्तीय साक्षरता प्राथमिकतामा : अध्यक्ष केसी

काठमाडौँ । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले वित्तीय साक्षरता आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । अध्यक्ष केसीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वाणिज्य बैंकहरुले वित्तीय साक्षरताका कार्यक्रमलाई महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिनुभएको हो ।नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका केसीले नेपाल राष्ट्र बैंकसँग संघका तर्फबाट वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालनका सम्बन्धमा आवश्यक छलफल भइरहेको बताउनुभयो ।पत्रकार भेघाट कार्यक्रममा संघका तर्फबाट बैंकिङ्ग क्षेत्रको वर्तमान अवस्थाका बारेमा जानकारी दिइएको थियो । सो अवसरमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले प्रतिकूल समयका बावजुद पनि बैंकहरु सशक्त ढंगले सञ्चालन भइरहेको बताउनुभयो ।निक्षेप र कर्जाप्रवाह घटेको, मुद्रास्फिति बढेको, तरलता अभाव कायम रहेको, कर्जा असुली तथा जग्गा हदबन्दी सम्बन्धी नयाँ व्यवस्थाले बैंकहरुलाई समस्या उत्पन्न भएको संघले जनाएको छ । स्थानीय तहको रकम वाणिज्य बैंकमा जम्मा गर्ने व्यवस्था गर्न समेत संघले माग गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha