
काठमाडौँ । नेपाल स्वास्थ्य समाजको आयोजनामा चारखाल केन्द्रीय कारगारमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कैदीबन्दीलाई आँखा र मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लले आँखा पाक्ने रोगको कारण, लक्षण, उपचार, रोग लाग्दा गर्नु हुने र नहुने कार्य तथा समाजमा व्याप्त भ्रमका बारेमा अवगत गराउनुभयो । केन्द्रीय कारागार अस्पतालमा समेत आँखा पाक्ने रोगका बिरामी आउन थालेका छन् ।मानसिक रोग विशेषज्ञ डा. कञ्चन दाहालले कारागारका कैदीबन्दीमा डिप्रेसन, मेनिया, एंगरजस्ता मानसिक समस्या हुने र समयमै समस्या पत्ता लागेमा उपचार सहज रुपमा गर्न सकिने बताउनुभयो ।केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश बुढाथोकीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमका अन्य वक्ताले कार्यक्रम अत्यन्त सान्दर्भिक र उपयोगी भएको धारणा व्यक्त गर्नुभएको थियो । प्रशासनका चौकीदार,नाइके,भाइ तथा सह-नाइके र नख्खु,डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।