
काठमाडौँ । डिस्ट्रिक्ट ३२५ जी अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ रेडिएन्स महिनाको उत्कृष्ट क्लबका रुपमा पुरस्कृत भएको छ । डिस्ट्रिक्ट क्याबिनेट बैठकमा १३५ लायन्स क्लबमध्ये सर्वोत्कृष्ट भई काठमाडौँ रेडिएन्सले जुलाई महिनाको क्लब अफ द मन्थ अवार्ड प्राप्त गरेको हो । क्लबका चार्टर अध्यक्ष डा. तेज्सु सिंह मल्ल, अध्यक्ष डा. रबिन बस्नेत र सचिव डा. मनिष थापालाई उक्त अवार्ड प्रदान गरिएको थियो । सो अवसरमा क्लबका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र पूर्व इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानको समेत उपस्थिति रहेको थियो । तीनवर्ष अगाडि स्थापित क्लबले हरेक वर्ष सो अवार्ड प्राप्त गर्दै आएको छ । यसैबीच चार्टर अध्यक्ष डा. मल्ललाई लायन्स क्लब इन्टरनेशनलको सिनियर मास्टर कि अवार्ड समेत प्रदान गरिएको थियो ।
डा. मल्लका अनुसार काठमाडौँ रेडिएन्स चिकित्सकमात्र सदस्य भएको एउटा विशेष क्लब हो जसमा एक सयभन्दा बढी चिकित्सक आबद्ध हुनुहुन्छ । क्लबका अध्यक्ष डा. बस्नेतले नियमित सेवामूलक तथा रचनात्मक क्रियाकलापका कारण क्लब पुरस्कृत भएको बताउनुभयो । गत महिना क्लबले आयोजना गरेका निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार आठ सयभन्दा बढी नागरिक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।