सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

देवीचौरमा लैङ्गिक समानता विषयक वक्तृत्वकला प्रतियोगिता

देवीचौरमा लैङ्गिक समानता विषयक वक्तृत्वकला प्रतियोगिता

  • Naveen Sanchar

  • शनिबार, साउन २७, २०८०

  • 75
    Views
देवीचौरमा लैङ्गिक समानता विषयक वक्तृत्वकला प्रतियोगिता

ललितपुर । ग्रामीण सामुदायिक संस्था विकास (रिकोड)को आयोजनामा गोदावरी नगरपालिका–७, देवीचौरका दुईवटा माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । लिङ्गका आधारमा हुने र गरिने विभेद अन्त्यका लागि प्रतियोगितामा सहभागी बालबालिकाले जोडदार तर्क प्रस्तुत गरेका थिए । साउन २५ र २६ गते आयोजित प्रतियोगिताबाट उत्कृष्ट भएका चार।चार जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।
देवीचौरको श्री देवी माविमा साउन २६ गते र बुरुञ्चुलीको श्री भिमसेन आदर्श माविमा साउन २५ गते प्रतियोगिता गरिएको हो । देवी माविमा सम्पन्न प्रतियोगितामा साइमन चौहान पहिलो, अनिश बजगाँई दोस्रो, सोनिया लामा तेस्रो र आयुषा सापकोटा सान्त्वना भएका विद्यालयका शिक्षक सावित्री न्यौपानेले जानकारी दिइन् ।भिमसेन आदर्श माविमा सम्पन्न प्रतियोगितामा स्मारिका तामाङ पहिलो, निरोज तामाङ दोस्रो, आकृति तामाङ तेस्रो र एलिना तामाङले सान्त्वना पुरस्कार पाएका विद्यालयका शिक्षिका भगवती शर्माले बताइन् । उत्कृष्ट प्रतियोगीलाई विद्यालयका प्रधानाध्यापक आत्मराम घिमिरे र रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन् ।पुरस्कृत विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक हरिबहादुर चौहान र रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले झोला तथा शैक्षिक सामग्री पुरस्कारस्वरूप वितरण गरेका छन् । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि समयसमयमा आयोजना गरिने यस्ता प्रतियोगिता उपलब्धिमुलक हुने र शैक्षिक उन्नयनमा समेत फाइदा पुग्ने सहजकर्ता तिमल्सिनाले बताइन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha