बिहिबार, फाल्गुन १४, २०८२ | February 26, 2026

दाहाल यज्ञनिधि पुरस्कारबाट साहित्यकार चापागाईं सम्मानित

दाहाल यज्ञनिधि पुरस्कारबाट साहित्यकार चापागाईं सम्मानित

  • Naveen Sanchar

  • शुक्रबार, साउन २६, २०८०

  • 228
    Views
दाहाल यज्ञनिधि पुरस्कारबाट साहित्यकार  चापागाईं सम्मानित

काठमाडौँ । रेडियो नेपालको लोकप्रिय कार्यक्रम साहित्य संसारका प्रस्तोता दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित दाहाल यज्ञनिधि पुरस्कार २०८० बाट साहित्यकार निनु चापागाईं सम्मानित हुनुभएको छ । त्यस्तै दाहाल यज्ञनिधि बाल प्रतिभा पुरस्कार छात्रातर्फ लुनिभा कार्की र छात्रतर्फ निखिल कुमार शाहले प्राप्त गर्नुभएको छ । उहाँहरु दरबार हाइस्कुलमा अध्ययनरत हुनुहुन्छ ।
दाहाल यज्ञनिधि सुधा सदनद्वारा बुढानीलकण्ठ नगरपालिका, वडा नं.९ स्थित स्वर्गीय दाहालको निवासमा आयोजित पाँचौ स्मृति दिवस समारोहमा यी पुरस्कार प्रदान गरिएको छ । संस्थाले हरेक वर्ष साउन २५ गते पुरस्कार वितरण गर्दै आएको साहित्यकार डा. रमेश शुभेच्छुले नवीनसञ्चारलाई जानकारी दिनुभयो ।

दाहाल यज्ञनिधि नेपाली रेडियोकर्मी हुन्। वि.स. २०१०मा खोटाङको खाल्लेमा जन्मिएका दाहाल रेडियो नेपालको साहित्य संसार कार्यक्रम लामो समय सञ्चालन गरी नेपाली साहित्यानुरागीबीच लोकप्रिय थिए । २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रूपमा उक्त कार्यक्रम चलाएका थिए। दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना , अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पु¥याएका छन् । तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन “जदौ“ शव्दको सर्वव्यापी प्रयोगलाई उनले व्यापकता दिएका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha