
कोषमा कर्मचारीको नाउँमा जम्मा रहेको रूपैयाँमा कर्मचारीको अंशियारहरू कसैको अंश बापत हक लाग्ने छैन । अंश बण्डा गर्न पनि निजलाई कर लाग्ने छैन । अदालतको फैसला भए पनि कर्मचारीको कोषमा जम्मा रहेको रूपैयाँमा साहु महाजनको दाबा पुग्ने छैन । नेपाल कानून अन्तर्गत सर्वस्व जायजात हुने लगायत कुनै कसूरमा कोषमा रहेको कर्मचारीको रूपैयाँ हरण हुने छैन । सरकारी रकम कलम बाँकी लिन पर्नेमा समेत सो रूपैयाँकट्टी वा हरण गरिने छैन ।
कर्मचारीको नाउँमा कोषमा जम्मा रहेको रूपैयाँमा र कोषको मुनाफामा र कोषबाट कर्मचारीले आफ्नो नाउँमा जम्मा भएको रूपैयाँ प्राप्त गरेपछि सो प्राप्त गरेको रूपैयाँमा आयकर बाहेक कुनै किसिमको कर लाग्ने छैन ।
कोषमा अनिवार्य कोषकट्टी रकम जम्मा गरिने
प्रत्येक आर्थिक साल तमामको दिन कोषको पुँजी र दायित्वको बजार भाउ मूल्याङ्कन गर्दा ३ प्रतिशत व्याज दिन नपुग्ने भएमा त्यस्तो व्याज दिन नपुग रकम जति नेपाल सरकारको सञ्चित कोषप्रति व्ययभार हुने छ ।
कुनै कम्पनीमा कोषको कुनै रकम लगानी वा ऋणमा गैराखेकोमा सो कम्पनी विघटन भै त्यसको जायजेथा वितरण हुँदा कोषको लगानी, त्यस बापतको लाभांश र ऋणको असूल उपर हुन बाँकी रकम बापत त्यस्तो कम्पनीको जायजेथा उपर कोषको सबैभन्दा पहिलो हक रहनेछ । अरू कुनै व्यक्तिबाट कोषको कुनै रकम लिनु बाँकी भएकोमा पनि त्यस्तो व्यक्तिको जायजेथा साहुहरूको दामासाहीमा परेमा निजको जायजेथा उपर कोषको लिनुपर्ने रकम बापत सबै भन्दा पहिलो हक रहनेछ । कोषको त्यसरी लिनुपर्ने बाँकी रकम असूल उपर भैसकेपछि मात्र बाँकी रहन आएको त्यस्तो कम्पनी वा व्यक्तिको जायजेथामा अरू व्यक्तिहरूको हक लाग्नेछ ।
मालपोत तथा अन्य सरकारी दस्तुर नलाग्ने
कोषको अधिकार
(क) नेपाल सरकार वा वा स्वदेशी संस्थाको ऋण पत्रमा लगानी गर्ने, नेपाल सरकारबाट स्वीकृति प्राप्त विदेशी
(ख) प्रचलित कानून बमोजिम स्थापित बैङ्कहरुको नगद प्रमाणपत्र (क्यास सर्टिफिकेट) मुद्दती डिपोजिटमा लगानी गर्ने,
(ग) कोषले उपयुक्त ठह¥याएको प्रचलित कानून बमोजिम स्थापित वित्तीय संस्थाहरूको नगद प्रमाणपत्र (क्यास सर्टिफिकेट) मुद्दती डिपोजिटमा उपयुक्त बैङ्क जमानत लिई लगानी गर्ने,
(घ) नेपाल सरकारको जमानतमा कोषले तोकेको शर्त र ब्याजमा कुनै उद्योग धन्दा वा सङ्गठित संस्थालाई ऋण दिने,
(ङ) बैङ्क तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्ने, तर त्यसरी शेयरमा लगानी गर्दा त्यस्तो बैङ्क वा वित्तीय संस्थाको निष्काशित पूँजीको पच्चीस प्रतिशतमा नबढ्ने गरी लगानी गर्नु पर्नेछ ।
(च) कोषले उपयुक्त ठह¥याएको क्षेत्रमा प्रचलित कानून बमोजिम स्थापित बैङ्क वा वित्तीय संस्थाहरुसँग मिली सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारिपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने,
(छ) कोषले उपयुक्त ठहर्याएको प्रचलित कानून बमोजिम संस्थापित कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको डिबेन्चरमा लगानी गर्ने, तर त्यसरी डिबेन्चरमा लगानी गर्दा त्यस्तो कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको कुल डिबेन्चरको पच्चीस प्रतिशतमा नबढ्ने गरी लगानी गर्नु पर्नेछ ।
(ज) कोषले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै निकायद्वारा प्रवद्र्धित ऊर्जा उत्पादन र प्रशारण, कृषि विकास, पर्यटन र ठूला पूर्वाधार निर्माणको क्षेत्रमा शेयर लगानी गर्न सक्ने ।
(झ) कोषले आफै वा अरु संस्थासँग मिली कर्मचारी र स्वरोजगारमा संलग्न व्यक्तिहरुको सहभागितामा सामूहिक लगानी योजना (म्युच्यल फण्ड) सञ्चालन गर्न कम्पनी वा संस्थाको स्थापना गर्ने,
(ञ) कोषले कर्मचारी वा स्वरोजगारमा संलग्न व्यक्तिको सहभागितामा सामूहिक लगानी योजना (म्युच्यल फण्ड) सञ्चालन गर्ने,
(ट) कोषले आफैं वा अरु संस्थाहरुसँग मिली आवास परियोजनाहरु सञ्चालन गरी घर घडेरी सोझै वा किस्ताबन्दीमा सञ्चयकर्तालाई बिक्री वितरण गर्ने वा बहालमा दिने,
(ठ) कोषले आफै वा अरु संस्थाहरुसँग मिली विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज लगायत शैक्षिक क्षेत्र, औषधी उत्पादन, ऊर्जा उत्पादन, पर्यटन, कृषि विकासमा सम्भाव्यता अध्ययन गरी लगानी गर्न सक्ने,
(ड) कोषको स्वामित्वमा रहेका घर घडेरी बिक्री वितरण गर्ने वा आवास परियोजना सञ्चालन गर्न कम्पनी वा संस्थाको स्थापना र सञ्चालन गर्ने,
(ढ) कोषको स्वामित्वमा रहेको जग्गामा भवनहरु निर्माण गरी बहालमा दिने,
ण) प्रचलित कानून बमोजिम स्थापित बैङ्क वा वित्तीय संस्थाको जमानतमा शर्त र ब्याज तोकी प्रचलित कानून बमोजिम संस्थापित कम्पनी वा सङ्गठित संस्थालाई ऋण दिने,
(त) कोषले उपयुक्त ठहर्याएको क्षेत्रमा पर्याप्त धितो वा जमानत लिई लगानी गर्ने,
(थ) कोषको ऋण बाँकीमा कुनै संस्थाको जायजेथा कोषलाई प्राप्त भएमा सो जायजेथाको सदुपयोग गर्न कोष आफैले वा अरु कुनै संस्थासँग मिली सो संस्थाको सञ्चालन गर्ने वा नयाँ संस्था संस्थापना गर्ने,
(द) निवृत्तिभरण, स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाको तोकिएको क्षेत्रमा कोष आफैले वा अन्य कुनै संस्थासँगको सहकार्यमा निवृत्तिभरण कोष, स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष स्थापना गरी सञ्चालन गर्ने,